महाव्याधिपछि पनि जीवन र संसार रहन्छः डा. बाबुराम भट्टराई

चैत्र २७, काठमाडौं। समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले लकडाउनको समयमा उच्च मनोबल र सकारात्मक सोचका साथ घरमा बस्न आग्रह गरेका छन्। कोरोना महाव्याधीको समयमा अग्रपंक्तिमा रहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, आपूर्ति, सफाइ र सञ्चारकर्ममा खटेका सबैको सम्मानमा आज जारी गरेको भिडिओ सन्देशमा डा भट्टराईले सो कुरा बताएका हुन्।   

‘मानव जातिले कोरोनालाई परास्त गर्छ र मानव सभ्यता अगाडि बढ्छ। सबै एकजुट भएर अगाडि बढौं। सकरात्मक सोच राखौं,’ उनले भने। बाबुरामले सरकारलाई विपन्न नागरिक, मजदुर, अशक्तलगायतलाई राहतको व्यवस्था गर्न मागसमेत गरेका छन्।  भट्टराईले सरकार र नागरिकबीच विश्वास र सहकार्य बढाएर कोरोनालाई पराजित गर्न सबैलाई आग्रह गरेका छन्।   

‘तनाव र चिन्ता गर्ने होइन, चिन्तन गर्ने हो,’ उनले भने, ‘महाव्याधिपछि पनि संसार रहन्छ। जीवन रहन्छ भन्ने सोच राख्नुपर्छ।’ राज्य र नागरिकको सहकार्यले मात्रै कोरोना परास्त गर्न सकिने उनले उल्लेख गरे। विदेशबाट फर्किनेलाई कम्तीमा दुई हप्ता एकान्तबासमा बसेर मात्र परिवारका सदस्यलाई भेट्नसमेत उनले आग्रह गरे।   

बाबुराम भट्टराई।

प्रधानमन्त्रीले केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्बोधनका क्रममा जीवन वा स्वतन्त्रतामा अल्झन नहुने बताएका थिए। सोही विषयप्रति लक्षित गरी डा भट्टराइले जनतालाई जीवन र स्वतन्त्रता दुवै चाहिने कुरामा राज्य सचेत रहनुपर्नेमासमेत जोड दिए।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *