‘लकडाउन’को समयमा अनलाइनबाट विद्यार्थीलाई पढाउँदै वेदास कलेज

चैत्र २५ ललितपुर। वेदास कलेज ललितपुरले आफ्ना विद्यार्थीहरुका लागि अनलाइन कक्षा सञ्चालन गरेको छ। विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरसका कारण सरकारले लकडाउन गरेपछि आफ्ना विद्यार्थीहरुलाई अनलाइनमार्फत पढाउन सुरु गरेको हो।
लकडाउनको समयमा आफ्नै सफ्टवेर विकास गरेर अनलाइन कक्षा सुरु गरेको सिइओ कृष्णहरि पाण्डेले बताए। उनले लकडाउनको समयमा आफ्ना विद्यार्थीहरुलाई अनलाइन मार्फत नियमित अध्यापन गराइरहेको जनाकारी गराए। सफ्टवेयरमा क्लास सञ्चालनका लागि आवश्यक सबै सुविधाहरु रहेको कलेजले जनाएको छ।
यस सफ्टवेयरमा सिमलेस अडियो र भिडियो कन्फेरेन्स, पठनपाठनका समयमा स्क्रिन शेयरिङ, छुट्टै छलफलका लागि ब्रेकआउट कोठा र कुराकानी, प्रत्यक्ष सत्रको रेकर्डिङ, विद्यार्थीको नतिजा ट्रयाकरहरुलगायतका सुविधाहरू रहेको कलेजको दावी छ। प्रत्येक व्यक्तिगत विषयका लागि फाइल व्यवस्थापन र वाह्य स्रोतका सामाग्रीलाई पनि सफ्टवेरले व्यवस्थापन गरेको सिइओ पाण्डले बताए।

विशेषताहरूमा समूहगत शिक्षा अर्थात ग्रुप एजुकेशन प्रमोशन, ह्वाइटबोर्ड र कस्टम ह्वाइवोर्ड अप्सनहरू, शिक्षक तथा विद्यार्थीहरूका लागि व्यक्तिगत तथा सामुहिक च्याटरुम, प्रत्यक्ष कक्षाकोठाको रेकर्डिङ, सहकर्मी र आत्म मुल्यांकन तथा सुरक्षा र गोपनियतालगायतका सुविधा सफ्टवेयरमा रहेको उनको दावी छ। यसमार्फत अध्ययन गर्ने विद्यार्थीहरूले कक्षाकोठामै बसेको अनुभव गर्ने उनको भनाइ रहेको छ।
मोबाइल, ल्यापटप र कम्प्युटरबाट पनि यसको प्रयोग गर्न सकिन्छ। यसको प्रयोगका लागि विद्यार्थीले आफ्नो आइडी र पासवर्ड प्रयोग गर्नुपर्ने कलेजले जनाएको छ। पाण्डले नेपालको शैक्षिक प्रणालीलाई एउटा अर्को उचाईमा पुर्याउन यो सफ्टवेयर सहयोगी हुने बताए। लकडाउनको समयमा मात्र नभइ अन्य समय पनि यसको प्रयोग गर्ने उनको भनाइ रहेको छ। नेपालमा कलेजहरुमा यो अभ्या पहिलो पटक आफूहरुले सुरु गरेको सिइओ पाण्डेको दावी छ।








