खैरहनीमा आफ्नै वडा भित्रै सामान किन्नु पर्ने

चैत २३, चितवन ।  खैरहनी नगरपालिकाको बजार क्षेत्रमा रहेका औषधिजन्य बाहेक अन्य अत्यावश्यक पसलहरु पनि साँझ ५ वजेपछि बन्द गर्न सुचना जारी गरेको छ । साथै सम्बन्धित वडा भित्रकै पसलहरुमा किनमेल गर्नका लागि नगरपालिकाले आह्वान गरेको छ ।   

खैरहनी नगरपालिकाले लकडाउन प्रभावकारी बनाउन औषधिजन्य बाहेक अन्य अत्यावश्यक पसलहरु विहान ७ वजेदेखी साँझ ५ वजे सम्म खोल्न पाउने तर पाँच वजे पछि वन्द गर्नु पर्ने सुचना जारी गरेर जनाएको छ । लकडाउन अवधिभर अन्य कुनै पनि पसलहरु भने खोल्न पाईने छैन् ।   

वेलुकाको समयमा अन्य बन्दको जस्तो मानेर मानिसहरुको चहलपहल देखिन थालेपछि नगरपालिकाले साँझ ५ बजेपछि खाद्यान्न, कृषि, दुध, तरकारी, फलफुल लगायतका अत्यावश्यक पसल समेत बन्द गर्ने निर्णय गरेको हो । लकडाउनलाई थप प्रभावकारी बनाउन एक वडाबाट अर्को वडामा खाद्यान्न लगायतका अत्यावश्यक सामान खरिद गर्न जान नपाउने समेत जनाएको छ ।   

ति सामानहरु यथासम्भव आफ्नै वडामा रहेका पसलहरुबाट खरिद गर्न नगरपालिकाले आग्रह गरेको प्रमुख प्रशासकीय अधिकृत पुरुषोतम शर्माले बताए ।   

लकडाउनको अवज्ञा भईरहेकाले अझ कडाई गर्ने नगरपालिकाको रणनीति अनुसार  अत्यावश्यक कामबाहेक अन्य काममा ननिस्कन आग्रह गरेको छ । यदि अत्यावश्यक कामबाहेक बाहिर निस्किएमा प्रहरीले नियन्त्रणमा लिन सक्ने बताएको छ ।   

यस्तै, पसलहरुले सामान खरिद गर्दा ग्राहकहरुलाई एक मिटरको दूरीमा राखेर बिक्री गर्नु पर्ने, प्रत्येक पसलमा बिक्रेताले माक्स र पन्जाको प्रयोग गर्ने र साथै पसलमा आउने ग्राहकहरुको प्रयोगको लागि सेनिटाइजर वा साबुन पानीको व्यवस्था गर्नुपर्ने,  कुनै संघ, संस्था वा व्यत्तिले असाहाय व्यत्ति वा परिवारलाई सहयोग गर्ने नाउंमा मानिस जम्मा गर्ने, खाना, खाजा खुवाउने कार्य गर्न पुर्ण निषेध गरिएको छ ।   

त्यस्ता संस्था वा व्यक्तिले सहयोग गर्न चाहेमा नगरपालिकाको स्थानीय विपद व्यवस्थापन कोषमा जम्मा गर्न समेत आह्वान गरेको छ । बजार व्यवस्थित गर्ने र लकडाउन प्रभावकारी बनाउने विषयमा आईतबार नगर भित्रका  उद्योगी, व्यवसायीहरुको संघसंगठनहरुसँग नगरपालिकाले छलफल गरेको छ ।   

यसअघि पनि राजनीतिक दलहरु, उद्योगी व्यवसायीहरुको संघसंगठनसँग छलफल गरिएको र सुझाव र सहयोगका लागि दलहरुसँग चरण चरणमा छलफल गरिने नगर प्रमुख लालमणी चौधरीले बताए ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 14 =