गोरखा आरुघाटका युवकमा कोरोना संक्रमण नभएको पुष्टि
मकालु खबर
२०७७ वैशाख ३ गते
वैशाख ३, काठमाडौं । र्यापिड डाइगोनेस्टिक किट (आरडीटी) विधिबाट परीक्षण गर्दा कोरोना भाइरस पोजेटिभ देखिएका गोरखाका एक युवकमा संक्रमण नभएको पुष्टि भएको छ ।
मंगलबार आरुघाट गाउँपालिका ५ का ३१ वर्षीय युवकमा र्यापिड टेस्टमा एन्टीबडी पोजेटिभ देखिएको थियो । त्यसपछि उनलाई गाउँमा क्वारेन्टाइनमा राखिएको थियो ।
बुधबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेको कोरोना परीक्षण प्रयोगशालामा परीक्षण गर्दा ती युवकमा कोरोना संक्रमण नभएको पुष्टि भएको गोरखा अस्पतालका कोभिड १९ फोकल पर्सन नारायण अर्यालले जानकारी दिए । ती युवक गत फागुन २२ गते बहराइनबाट फर्किएका थिए ।
मकालु खबर
२०७७ वैशाख ३ गते
प्रतिक्रिया
सम्बन्धित