चितवन निकुञ्ज क्षेत्रमा अवैध गतिविधि गर्ने ९० जना पक्राउ
२०७६ चैत २३ गते

फाइल तस्विर
चैत्र २३, काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जबाट ९० जना पक्राउ परेका छन् ।
निकुञ्ज सुरक्षार्थ खटिएको बटुकदल गणले लकडाउन उल्लंघन गर्दै चितवन राष्ट्रिय निकुञ्ज परिसरमा निषेधित गतिविधि गर्ने ९० जनालाई नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका सबैलाई निकुञ्ज प्रशासनमा बुझाइएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत नारायण रूपाखेतीले जानकारी दिए । लकडाउनपछिको अवधिमा दैनिक मानिसहरू पक्राउ परिरहेको उनको भनाइ छ ।
२०७६ चैत २३ गते
प्रतिक्रिया
सम्बन्धित








