कांग्रेस पदाधिकारी बैठक आज, के छन् एजेण्डा ?

चैत्र २५, काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्ने भएको छ। बैठक पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बस्न लागेको हो। लकडाउन लागू भएपछि यो कांग्रेस पदाधिकारी बैठक पहिलोपटक बैठक हो।   

बैठकमा कोरोना भाइरस संक्रमणको रोकथाम तथा उपचारमा सरकारको तर्फबाट भएका काम र कांग्रेसले गर्नसक्ने योगदानलगायत समसामयिक विषयमा छलफल हुने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।   

कांग्रेसको पदाधिकारीमा सभापति देउवा, उपससभापतिद्वय विमलेन्द्र निधि र विजयकुमार गच्छदार, महामन्त्रीद्वय डा. शशांक कोइराला र पूर्णबहादुर खड्का, सहमहामन्त्री डा. प्रकाशशरण महत र कोषाध्यक्ष सीतादेवी यादव छन्। वरिष्ठ नेता रामचन्द्र पौडेल विशेष आमन्त्रितका रुपमा पदाधिकारी बैठकमा सहभागी हुन्छन्। 

काँग्रेसद्वारा रोजगारीको जरुरी ...

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − seven =