लकडाउन उल्लङ्घन गर्ने २ हजार बढी मानिस कारवाहीमा
२०७६ चैत २६ गते

फाइल तस्विर
चैत्र २६, काठमाडौं । लकडाउन उल्लंघन गर्ने २ हजार बढी मानिसहरुलाई प्रहरीले कारवाही गरेको छ ।
सरकारले कोरोना भाइरस (कोभिड १९) को संक्रमण फैलन नदिनका लागि गरेको लकडाउन उल्लंघन गर्ने २ हजार ३ सय १ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो । यो बुधबार बिहान ८ बजेसम्मको तथ्यांक हो ।

नियन्त्रणमा लिइएकाहरुलाई ३ घण्टा कोरोनाको बारेमा शिक्षा दिने र छाड्ने गरिएको महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) विश्वराज पोखरेलले जानकारी दिए।
२०७६ चैत २६ गते
प्रतिक्रिया
सम्बन्धित








