दिनेश चौधरी स्मृति प्रतिष्ठानद्वारा प्रहरीलाई खाजा र मास्क सहयोग

चैत २०, सुनसरी । दुहवीमा रहेको दिनेश चौधरी स्मृति प्रतिष्ठानले लकडाउनलाई प्रभावकारी रुपमा कार्यान्वयन गराउँन खटिएको प्रहरीलाई खाजा र मास्क सहयोग गरेको छ ।   

प्रतिष्ठानले सुनसरी-३ को इलाका तथा प्रहरी चौकीका प्रहरीलाई खाजा तथा सुरक्षाका लागि मास्क र हात धुने साबुन सहयोग गरेको हो । प्रतिष्ठानकी संरक्षक पूर्वराज्यमन्त्री भगवती चौधरीले इलाका प्रहरी दुहवीमार्फत वितरण गर्न बुधवार हस्तान्तरण गरिन् । 

प्रहरीका लागि प्रदान गरिएको सहयोगमा ३६ कार्टून वाईवाई चाउचाउ, ३७ वटा मास्क, दुई कार्टुन सावुन र सिजि ग्रुपबाट १०० केजी वाईवाई चाउचाउको टुक्रा भुजिया छन् । उक्त सहयोग सुनसरी ३ को दक्षिणी क्षेत्रका इलाका र प्रहरी चौंकीहरु इलाका दुहबी, सितागंज इलाका, इलाका चिमडी, इलाका छिटाहा, रामगञ्ज वेलगछिया चौकी, अमडुवा चौकी, भमरी चौकी, चाँदवेला चौकीहरुलाई वितरण गरिने छ । सामाग्री दुहबीका प्रहरी निरिक्षक प्रविन कार्कीले बुझेका थिए ।   

यसैगरी गढी गाउँपालिका २ को दलित बस्तीमा लकडाउनले दैनिक ज्यालादारी गर्नेहरु प्रभावित भएका ५० विपन्न परिवारलाई प्रतिष्ठानका संरक्षक चौधरीले राहत स्वरुप चामल, मास्क र साबुन वितरण गरिन् ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − three =