एम्बुलेन्सको ठक्करबाट स्कुटर चालकको मृत्यु

चैत्र १९, सुनसरी । सुनसरीको ईनरुवा नगरपालिका–६ घोपाली टोलमा एम्बुलेन्सले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ ।  

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को१च ९६०५ नम्बरको एम्बुलेन्सले विपरीत दिशाबाट आउँदै गरेको को१६प २०६४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुट चालक महिलाको मृत्यु भएको हो । 

१ नम्बर प्रहरी प्रदेश कार्यालय प्रवक्ता प्रनाउ सुमन तिमल्सिनाले घाईते भएकी स्कुटर चालक स्थानीय रत्ना श्रेष्ठको उपचारको क्रममा बिराटनगरको न्यूरो अस्पतालमा मृत्यु भएको पुष्टि गरे । 

One dead, two hurt in accident

एम्बुलेन्स र चालक ईलाका प्रहरी कार्यालय पकलीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *