बेलायतमा कोरोना भाइरसका कारण अर्का पूर्व गोर्खा सैनिकको मृत्यु

बैशाख ४, बेलायत । पुर्ख्यौली घर स्याङ्जा भई हाल बेलायतमा बसोबास गर्ने अर्का पूर्व गोर्खा सैनिकको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । कोरोना संक्रमणबाट दक्षिण पूर्वी लण्डनको प्लमस्टिडमा बसोबास गर्दै आएका पूर्व गोरखा सैनिक लक्ष्मण श्रेष्ठको निधन भएको हो । 

करिब ६० वर्षीय श्रेष्ठको बुधबार बिहान लण्डनस्थित गाइज अस्पतालमा निधन भएको पासाः पुच युकेका पूर्वअध्यक्ष कुमार श्रेष्ठले जानकारी दिए । 

श्रेष्ठ ज्वरो आएपछि घरमै आइसोलेसनमा बसिरहेका बेला एक दिन सुन्तला खाँदा सुन्तलाको दाना सर्केपछि उनलाई श्वास फेर्न गाह्रो भएको थियो । त्यसपछि एम्बुलेन्स बोलाई उनलाई अस्पताल लगिएको थियो । अस्पतालमा जचाउँदा उनमा कोरोना पोजेटिभ देखिएपछि त्यही भर्ना गरी उपचार हुँदै आएको थियो । 

बुधबार निधन भएका श्रेष्ठका श्रीमती, तीन छोरी र एक छोरा छन् । श्रेष्ठका परिवार आइसोलेसनमा बसिसकेको र अहिले स्वास्थ्य अवस्था ठीक रहेको बताइएको छ । उनको पुर्ख्यौली घर स्याङ्जा रहेको र हाल पोखरामा बसोबासरत थिए ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *