राप्तिकी महिलामा कोरोना देखिएन

  

बैशाख  ४, चितवन । र्‍यापिड टेष्टको क्रममा एन्टिवडी पोजेटिभ देखिएको चितवनको राप्ती नगरपालिकाकी महिलाको पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ ।   

राप्ती-८ की ती महिलाको हिजो र्‍यापिड टेष्ट गर्दा एन्टिवडी रियाक्टिभ देखिएपछि भरतपुर कोरोना ल्याबमा स्वाबको परीक्षण गरिएको थियो । 

ती महिला चैत पाँच गते लण्डनबाट नेपाल आएकी थिइन् । उनीसँगै नेपाल आएका दुई छोरामा भने नन रियाक्टिभ देखिएको थियो ।   

नन रियाक्टिभ देखिएपनि उनीहरुको समेत स्वाब परीक्षण गरिएको थियो । आज भरतपुर कोरोना ल्याबमा परीक्षण गरिएका उनीहरुसँगै अन्य सबैको रिपोर्ट नेगेटिभ आएको छ । ल्याबमा आज २५ जनाको परीक्षण गरिएको थियो । 

यसअघि बुधबारनै रत्ननगरमा एक पुरुषमा आरडीटी पोजेटिभ देखिएकोमा बुधबारनै स्वाबको परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + four =