सप्तकोशीका एक वृद्ध पुरुषमा आरडीटी पोजिटिभ

वैशाख ७, राजविराज। सप्तहरीमा एक व्यक्तिको र्‍यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) गर्दा रिपोर्ट पोजिटिभ देखिएको छ। शनिबार कोरोना आरडीटी गर्दा ७१ वर्षीय पुरुषको पोजिटिभ रिपोर्ट आएको हो। कोरोना भाइरस (कोभिड-१९) को संक्रमण फैलिएको हुनसक्ने आशंकामा सप्तरीको सप्तकोशी नगरपालिका १, फत्तेपुर (पारुहाङ्ग चौक) का ७५ जनार्को आरडीटी गरिएको थियो।  

आरडीटीमा पोजिटिभ देखिएपछि ती पुरुषलाई राजविराज लगिएको छ। पीसीआर प्रविधिबाट पुनः कोरोना परीक्षणका लागि उनको नमुना धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठनामा पठाइएको  गजेन्द्रनारायण सिंह अस्पतालका मेडिकल सुपरिटेन्डन्ट चुमनलाल दासले जानकारी दिए। 

उदयपुरको त्रियुगा नगरपालिका-३ भुल्केस्थित मस्जिदमा बसेका १२ जना भारतीय नागरिकमा कोरोना देखिएको थियो। उनीहरुको सम्पर्कमा रहेका व्यक्तिको पहिचान गर्दै आरडीटीमार्फत कोरोना परीक्षण गर्ने काम भइरहेको छ। आरडीटी गरिएका ७५ मध्ये १७ जना भारतीय नागरिक हुन्।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *