आयरल्यान्डका प्रधानमन्त्री, जो कोरोना संक्रमित जनतालाई बचाउन डाक्टरी पेशामा फर्किए

चैत्र २५, काठमाडौं । आयरल्याण्डका प्रधानमन्त्री लियो लियो वराडकर पुनः डाक्टरी पेसामा फर्किका छन् । कोरोना संक्रमित जनतालाई बचाउन प्रधानमन्त्री लियो फेरि डाक्टरी पेसामा फर्किएका हुन् ।  

सानैदेखि राजनीतिमा रुची राख्ने ४१ वर्षीय वराडकर सन् २०१३ मा चिकित्सा पेशा छाडे, राजनीतिमा होमिएका थिए । त्यसपछि २०१७ मा उनी आयरल्यान्डका प्रधानमन्त्री बनेका थिए ।  

अहिले फेरि उनी ७ वर्षपछि पुनः डाक्टरी पेसामा फर्कन लागेका हुन् । विश्व नै कोरोना भाइरसको महामारीसँग लडिरहेको बेला प्रधानमन्त्रीका रुपमा देशको नेतृत्व गर्दै उनी सेतो कोट लगाएर अस्पतालमा प्रवेश गर्दैछन्। 

स्वास्थयकर्मीहरुलाई सहयोग गर्नका लागि वराडकरले फेरि अस्पताल फर्कन लागेको विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।  

आयरल्यान्डमा हालसम्म कोरोना संक्रमणबाट  १ सय ५० भन्दा बढीको मृत्यु भइसकेको छ भने ५ हजार मानिस संक्रमित छन् । भाइरसको संक्रमण फैलिएसँगै आयरल्यान्ड करिब एक हप्तादेखि लकडाउनमा रहेको छ। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *