प्रदेशसँग समन्वय नगरी केन्द्रले प्रहरी कार्यालय सार्न मिल्दैनः मुख्यमन्त्री भट्ट

चैत्र १९, डोटी। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले डोटीको दिपायलबाट सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय र क्षेत्रीय प्रहरी अस्पताल सार्ने विषयमा प्रदेश कार्यालयमा कुनै जानकारी र समन्वय नभएको बताएका छन्। 

मुख्यमन्त्री भट्टले प्रदेश प्रहरी ऐन नियमावली बन्न बाँकी रहेको र बनिसकेपछि प्रदेश प्रहरी कार्यालय कहाँ राख्ने भन्ने विषय प्रदेश सरकारको भएकाले अहिले नै आफुखुशी कार्यालय सार्नु भनेको प्रदेश सरकारको अधिकार हनन गर्नु सरह भएको प्रतिक्रिया दिए। 

‘दिपायलमा रहेको प्रदेश प्रहरी कार्यालय र अस्पताल सार्ने विषयको कुरोमा म गृह मन्त्रालयमा कुरो गर्छु, समन्वय नगरी अहिले नै कार्यालय सार्न उपयुक्त छैन, अहिले जो कार्यालय जहाँ छन् त्यहीँ यथावत रहने छन्,’  मुख्यमन्त्री भट्टले भने, ‘दिपायलमा रहेको अस्पताल प्रहरीको लागि मात्रै नभएर अन्य आम नागरिकको उपचारका लागि स्थापना भएको हो, बरु नयाँ सुविधासम्पन्न अस्पताल जहाँ खोल्दा पनि हुन्छ तर अस्पताल सार्ने विषय भनेको कसैका लागि पनि फाइदाजनक हुँदैन।’ -रासस  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *