भारतमा कोरोना संक्रमितको संख्या बढ्दै, ९ हजारभन्दा बढीमा संक्रमण देखिएको पुष्टि
२०७७ वैशाख १ गते

वैशाख १, काठमाडौं। भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या नौ हजार नाघेको छ। भारतको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार अहिलेसम्म भारतमा यो भाइरसबाट संक्रमित हुनेको संख्या नौ हजार एक सय ५२ पुगेको छ।
त्यस्तै यो भाइरसबाट मृत्यु हुने मानिसको संख्या पनि तीन सय ८ पुगेको छ। मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसबाट ३५ जनाको मृत्यु भएको हो। भारतको महाराष्ट्रमा सबैभन्दा प्रभावित बनेको छ।
अहिलेसम्म महाराष्ट्रमा एक हजार नौ सय ८५ जना मानिसमा संक्रमण देखिएको छ भने एक सय ४९ जनाको यो भाइरसको कारण मृत्यु भएको छ। त्यस्तै दिल्ली र तामिलनाडुमा पनि संक्रमितको संख्या एक हजार नाघेको छ। अहिलेसम्म भारतमा आठ सय ५७ जना संक्रमित निको भइसकेका छन्।

२०७७ वैशाख १ गते
प्रतिक्रिया
सम्बन्धित










