अमेरिकामा स्थिति झन् भयावह : एकैदिन २४ सय बढीले ज्यान गुमाए, कहाँ कतिको मृत्यु ?

वैशाख ३, काठमाडौं । पछिल्लो समय कोरोनाको इपिसेन्टर बनेको अमेरिकामा स्थिति झनै भयावह हुँदै गएको छ । मंगलबार मात्रै त्यहाँ थप २ हजार ४ सय बढीको मृत्यु भएको छ ।   

पछिल्लो तथ्याङ्कअनुसार अमेरिकामा एकैदिन २ हजार ४ सय ७ जनाको मृत्यु भएको छ । अमेरिकामा कोरोनाका कारण एकैदिन भएको यो अहिलेसम्मकै उच्च मृत्यु हो ।  

त्यहाँ एकैदिन २५ हजार ३ सय बढीमा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ६ लाख १२ हजार ३ सय बढी पुगेको छ । संक्रमितमध्ये ३८ जार ७२१ जना उपचारपछि निको भएका छन् । 

विश्वभर कोरोनाबाट मर्नेको संख्या १ लाख २६ हजार नाघ्यो 

महामारीका रुपमा फैलिएको कोभिड–१९ को संक्रमणबाट विश्वभर १ लाख २६ हजार ६०४ जनाले ज्यान गुमाएका छन् । संक्रमितको संख्या १९ लाख ९८ हजार १११ पुगेको छ । संक्रमितमध्ये ४ लाख ७८ हजार ३५९ जना उपचारपछि निको भएर घर फर्किएका छन् । 

इटालीमा बिहानसम्म ज्यान गुमाउनेको संख्या २१ हजार ६७ पुगेको छ । एकैदिन ६०२ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या २१ हजार ६७ पुगेको हो । इटालीमा एकैदिन २ हजार ९७२ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या १ लाख ६२ हजार ४८८ पुगेको छ । 

स्पेनमा पछिल्लो २४ घण्टामा ४९९ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १८ हजार २५५ पुगेको छ । स्पेनमा एकैदिन ३ हजार ९६१ जनामा संक्रमण देखिएसँगै संक्रमितको संख्या १ लाख ७४ हजार ६० पुगेको छ । स्पेनमा संक्रमितमध्ये ६७ हजार ५०४ जना उपचारपछि निको भएका छन् । 

फ्रान्समा एक लाख ४३ हजार ३०३ कुल सङ्क्रमित भएका छन् भने १५ हजार ७२९ जनाको मृत्यु भएको छ । यसैबीच २८ हजार ८०५ जना निको भएर फर्किएका छन् । बेलायतमा अहिलेसम्म ९३ हजार ८७३ कुल सङ्क्रमित भएका छन् भने १२ हजार १०७ जनाको मृत्यु भएको छ । 

इरानमा ७४ हजार ८७७ कुल सङ्क्रमित भएका छन् भने ४ हजार ६८३ जनाको मृत्यु भएको छ । यसैबीच ४८ हजार १२९ निको भएर फर्किएका छन् ।  बेल्जियममा ३१ हजार ११९ कुल सङ्क्रमित भएका छन् भने, ४ हजार १५७ जनाको मृत्यु भएको छ । यसैबीच ६ हजार ८६८ निको भएर फर्किएका छन् । 

जर्मनीमा एक लाख ३२ हजार २१० कुल सङ्क्रमित भएका छन् भने, ३ हजार ४९५ जनाको मृत्यु भएको छ । यसैबीच ६८ हजार २ सय निको भएर फर्किएका छन् ।  चीनमा अहिलेसम्म ८२ हजार २४९ कुल सङ्क्रमित भएका छन् भने ३ हजार ३४१ जनाको मृत्यु भएको छ । यसैबीच ७७ हजार ७३८ निको भएर फर्किएका छन् ।   

नेदरल्याण्डसमा अहिलेसम्म २७ हजार ४१९ जना संक्रमित भएका छन् भने २ हजार ९४५ जनाको मृत्यु भएको छ ।  ब्राजिलमा २५ हजार २६२ जना संक्रमित भएका छन् भने एक हजार ५३२ जनाको मृत्यु भएको छ । त्यस्तै ब्राजिलमा अहिलेसम्म १४ हजार २६ जना ठिक भएका छन् ।   

टर्कीमा ६५ हजार १११ जना संक्रमित भएका छन् भने एक हजार ४०३ जनाको मृत्यु भएको छ । त्यस्तै ४ हजार ७९९ जना निको भएर फर्किएका छन् । स्विटजरल्याण्डमा कुल २५ हजार ९३६ संक्रमित भएका छन् भने एक हजार १७४ जनाको मृत्यु भएको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − five =