प्रधानमन्त्रीको सम्बोधन सुनेपछि कमल थापाले भने, ‘समन्वय कमजोर छ’

२०७६ चैत २५ गते

चैत्र २५, काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले कोरोना संक्रमणको समयमा सरकारको समन्वय कमजोर भएको टिप्पणी गरेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधनपछि समाजिक सञ्जाल ट्विटरमार्फत प्रतिक्रिया दिँदै अध्यक्ष थापाले सरकारको समन्वय र चेन अफ कमाण्ड नमिलेको बताएका हुन्।
अध्यक्ष थापाले भनेका छन्, ‘अझै समन्वय कमजोर छ, चेन अफ कमाण्ड मिलेको छैन। अपवाद बाहेक सरकारको निर्णय/कदमलाई जनताले साथ दिएका छन्, भोलि पनि दिनेछन्।’ उद्यपि उनले कोरोना महामारीविरुद्ध सरकारको नीति र कदम भने ठीक रहेको बताए।
अध्यक्ष थापाले कोरोना महामारीबिरुद्ध प्रधानमन्त्रीको सम्बोधन अनुसार काम पनि गर्न आग्रह गरे। प्रधानमन्त्री ओलीले आज देशबासीका नाममा सम्बोधन गरेका थिए।

२०७६ चैत २५ गते
प्रतिक्रिया