‘नेपाल बन्द बुझेका नेपालीले लकडाउन बुझेनन्’

चैत्र २०, काठमाडौं । अभिनेता निखिल उप्रेतीले नेपाल बन्द बुझेका नेपालीले लकडाउन बुझ्न नसकेको भन्दै गुनासो गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा एउटा भिडियो सन्देश जारी गर्दै अभिनेता उप्रेतीले यस्तो गुनासो पोखेका हुन् ।  

उनले भिडियो सन्देशमा भनेका छन्– ‘हामीमा राजनीतिको गहिरो प्रभाव छ । यो देशमा राजनीतिक स्वार्थका लागि धेरै पटक नेपाल बन्द भयो । नेपाल बन्द बुझेका नेपालीले लकडाउन बुझेनन् ।’  

कोरोनाको संक्रमणबाट देशलाई जोगाउन हामी सबै नेपाली एकजुट हुनुपर्ने भन्दै उनले सरकारले गरेको लकडाउन पूर्ण रुपमा पालन गरेर घरभित्रै बस्न समेत सबैलाई अनुरोध गरेका छन् ।  

नेपाल सरकारले चैत्र ११ गतेदेखि २५ गतेसम्म मुलुकभर लकडाउन गरेको छ । नेपालमा हालसम्म ६ जनामा कोरोना संक्रमण देखिएको छ भने विश्वभर ९ लाख बढी मानिसहरु संक्रमित भएका छन् ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *