धादिङको ज्वालामुखीका १ जनामा कोरोना पोजेटिभ


बैशाख २, काठमाडौं । धादिङमा एक जनाको कोरोना परीक्षण्को रिपोर्ट पोजेटिभ देखिएको छ । मंगलबार ज्वालामुखि गाउँपालिकाको क्वारेन्टाइनमा बसेकाहरुको आरडीटीबाट कोरोना परीक्षण गर्दा एक जनामा रिपोर्ट पोजेटिभ देखिएको गाउँपालिकाका स्वास्थ्य संयोजक सुजन श्रेष्ठले जानाकारी दिए ।
दक्षिण कोरीयाबाट गत फागुन २१ गते घर फर्किएका २७ वर्षिय युवकमा कोरोना भाइरस परीक्षणको रिपोर्ट पोजेटिभ देखिएको हो । उनलाई होम क्वारेन्टिनमा राखिएको थियो ।
आरडीटी किटबाट पोजेटिभ देखिएका व्यक्तिको पिसिआर परीक्षणका लागि नमुना संकलन गरेर काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पठाउने तयारी भईरहेको धादिङका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बताए। उनले भने, ‘होमक्वारेन्टाइनमा बसिरहेका उनी रिपोर्ट पोजेटिभ देखिएपछि आइसोलेसनमा बस्न आफै बाइक चढेर आइरहेका छन्, नमुना संकलन गरेर काठमाडौं पठाउने तयारी भएको छ ।’
मंगलबार गाउँपालिकामा भारत र तेस्रो मुलुकबाट आउने ३५ जनाको आरडिटी परीक्षण गरिएको थियो। परिक्षण गरिएका ३५ जनामा १ जनाको भने रिपोट पोजेटिभ देखिएको हो ।
र्यापिड टेस्टबाट रिपोर्ट पोजिटिभ देखिएपनि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा स्वाब टेस्ट गरेपछि मात्र पोजेटिभ भए नभएको थाहा हुने छ ।
ती युवा आएको विमानको तथा उनी सँगै आएका अन्यकाृ विस्तृत विवरणको खोजी भईरहेको प्रजिअ तामाङले बताए ।
