कोरोना भाइरसका कारण विश्वमा मृत्यु हुनेको संख्या ८८ हजार नाघ्यो, अमेरिकामा मात्रै १४ हजार ७३८ को मृत्यु

  

  

चैत्र २७, काठमाडौं । विश्वभर फैलिएको कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ८८ हजार नाँघेकाे छ । चार महिना अघि चीनको वुहानबाट शुरु भएको कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८८ हजार ४०५ पुगेको छ ।   

आज विहान ६ः३० सम्ममा विश्वभरको तथ्यांक अनुसार १५ लाख १३ हजार ३०४ जना संक्रमित छन् भने, उपचार पश्चात निको हुनेको संख्या ३ लाख २९ हजार ७३१ रहेको छ ।   

कोरोना संक्रमणका कारण अमेरिकामा अहिलेसम्म १४ हजार ७३८ को मृत्यु भइसकेको छ । गएको २४ घण्टामा अमेरिकामा मात्रै १८९७ जनाको मृत्यु भएको छ । त्यस्तै स्पेनमा १४ हजार ७९२ को मृत्यु भएको छ । स्पेनमा ७४७ जना थपको मृत्यु भएको छ ।   

इटालीमा विगतका दिनमा भन्दा कोरोनाका कारण मृत्यु हुनेको संख्यामा कमी आएको छ । इटालीमा अहिलेसम्म १७ हजार ६६९ जनाको मृत्यु भएको छ । पछिल्लो समय इटालीमा ५४२ जनाको मृत्यु भएको छ ।   

यता जर्मनीमा पनि कोरोनाको प्रकोप फैलिएको छ । जर्मनीमा अहिलेसम्म १ लाख १३ हजार २९६ संक्रमित भइसकेका छन् । जसमा मर्नेहरुको संख्या २ हजार ३४९ रहेको छ । पछिल्लो समय जर्मनीमा ३३३ को मृत्यु भएको छ ।   

फ्रान्समा पनि कोरोना संक्रमणको कारण मर्नेहरुको संख्या बढ्दो छ । पछिल्लो २४ घण्टामा फ्रान्समा ५४१ जनाले ज्यान गुमाएका छन् । फ्रान्समा १ लाख १२ हजार ९५० संक्रमित देखिएका छन् । फूान्समा अहिलेसम्म १० हजार ८६९ को मृत्यु भइसकेको छ ।   

यता कोरोना भाइरसको उद्गम स्थल चीनमा भने कोरोना पूर्णरुपमा नियन्त्रणमा आएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । चीनमा पछिल्लो २४ घण्टामा नयाँ संक्रमितको संख्या शुन्यमा झरेको छ । भने मर्नेहरुको संख्यापनि शुन्यमा झरेको छ । चीनमा अहिलेसम्म कोरोना संक्रमणकै कारण ३ हजार ३३३ को मृत्यु भएको छ ।   

यता बेलायतमा पनि कोरोना भाइरसको महामारी बढ्दो नै छ । बेलायतमा पछिल्लो २४ घण्टामा ९ सय ३८ जनाको मृत्यु भएको छ । ६० हजार ७३३ कोरोना संक्रमित देखिएको बेलायतमा पछिल्लो समय ५ हजार ४९१ नयाँ केस देखिएका छन् । बेलायतमा मात्रै तीन पूर्व गोर्खा सैनिक नेपालीको निधन भइसकेको छ ।   

इरान, टर्की, बेल्जियम, स्विजरलेण्ड, नेदरलेण्ड, क्यानडा, ब्राजिल, पोर्चुगल, अस्ट्रिया, रसिया, इजरायल, स्विडेन, आयरलेण्ड, अस्ट्रेलिया जस्ता देशहरुमा नयाँ केसहरु थपिइरहेका छन् ।   

छिमेकी मुलुक भारतमा पनि कोरोना संक्रमितको संख्या बढ्दो छ । भारतमा अहिलेसम्म १७८ जनाको मृत्यु भइसकेको छ । जहाँ ५ हजार ९१६ संक्रमित रहेका छन् । पछिल्लो समय भारतमा ५६५ जना नयाँ कोरोनाका संक्रमित देखिएका छन् ।   

कुन देशमा कति हेर्नुहाेस 

https://www.worldometers.info/coronavirus/#countries 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *