विराट व्यापार सङ्घद्वारा स्वास्थ्य सामग्री सहयोग

चैत्र २९, विराटनगर। विराट व्यापार सङ्घले जिल्ला प्रहरी कार्यालय मोरङ र कोसी अस्पताल कोभिड-१९ उपचार केन्द्रमा माक्स, पञ्जालगायतका सामग्री वितरण गरिएको छ। कोरोना भाइरस संक्रमण न्यूनीकरणको निमित्त स्वास्थ्यकर्मी, सुरक्षाकर्मी अग्रस्थानमा रहेकाले सङ्घले शनिबार मास्क, पञ्जा, हेडक्याप लगायतका आवश्यक सामग्री विरतण गरेको हो।   

जिल्ला प्रहरी कार्यालयमा २ हजार मास्क, एक हजार पञ्जा र कोसी अस्पताल कोभिड १९ उपचार केन्द्रमा एक हजार माक्स र ३ सय हेडक्याप वितरण गरिएको सङ्घले जनाएको छ। कोरोना रोकथाममा खटिएका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीका लागि मास्क, पञ्जाको अभाव कड्किएको महसुस भएपछि उक्त सामग्री उपलब्ध गराएको विराट व्यापार सङ्घका अध्यक्ष सुजन थापाले बताए। आगामी दिनमा पनि यस्तो विपद्को समयमा आवश्यकता परे नेपाल प्रहरीसँग सहकार्य गर्ने धारणा थापाले राखे।   

जिल्ला प्रहरी कार्यालय मोरङको मातहतबाट  १५ सय प्रहरी परिचालन गर्ने भएकाले मास्क, पञ्जा, जस्ता सामग्रीहरू ठूलो सङ्ख्यामा चाहिने जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी विश्व अधिकारीले बताए। आवश्यकतालाई महसुस गरी कार्यक्षमता अभिवृद्धिका लागि सहयोग पुर्‍याएकोमा उनले आभार प्रकट गरे। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *