कोरोनाबाट बच्न उत्तर कोरियाले दियो यस्तो सुझाव

चैत्र २६, काठमाडौं । चीनको वुहानबाट फैलन सुरु भएको कोरोना भाइरस (कोभिड १९) को महामारी विश्वको २ सय ९ देशमा पुगिसकेको छ ।  

विश्वभर कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ८२ हजार २६ पुगेको छ भने १४ लाख ३० हजार ९ सय ८१ जनामा संक्रमण भएको पुष्टि भएको छ। 

तर उत्तर कोरियामा भने हालसम्म एक जनापनि संक्रमित फेला परेका छैनन् । यस दाबीमाथि अहिले प्रश्न उठ्न थालेको छ भने आशंका पनि बढ्दो छ । यद्यपी उत्तर कोरियाले कोरोनाबाट आफ्ना नागरिकलाई बचाउन हरसम्भव प्रयास गरिरहेको छ ।  

अंग्रेजी वेबसाइट द एक्सप्रेसको रिपोर्ट अनुसार कोरोना भाइरस संक्रमित हालसम्म फेला नपरेपनि पछिल्लो हप्तादेखि त्यहाँ नागरिकहरुलाई कोरोना रोकथामप्रति जागरुक गरिएको छ ।  

हालसालै एक सुझाव जारी गर्दै आम नागरिकलाई कोरोना भाइरसबाट बच्ने तरिका सिकाइएको छ । यति मात्रै होइन, सामान्य औषधि पनि आँखा चिम्लिएर नखानु भनिएको छ ।  

कोरोना संक्रमण त्यस्ता व्यक्तिमा फैलन्छ जसको इम्युनिटी पावर कम छ । यसैलाई मध्यनजर गर्दै उत्तर कोरियाले आफ्नो इम्युनिटी पावर बढाउनका लागि स्वस्थ खानाहरु खान सुझाव दिएको छ ।  

त्यहाँको स्वास्थ्य विभागका अधिकारीहरुले नागरिकहरुलाई इम्युनिटी पावरमा असर गर्ने खानेकुरा नखान भनेको छ । अल्कोहलले इम्युनिटी पावरमा असर गर्ने भन्दै यो पनि नखान नागरिकलाई अपिल गरेको छ ।  

स्वस्थ खानाका साथै खानपानमा लसुन, प्याज र मह जस्ता समावेश गर्न सुझाव दिएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *