मासुको मूल्य बढी लिने आइ कालु मिट सेन्टर कारवाहीमा, २ लाख जरिवाना
२०७६ चैत २८ गते

चैत्र २८, काठमाडौं । कोरोना भाइरस (कोभिड १९) को महामारीको समयमा खाद्यान्न कालोबजारी गर्ने पसल कारवाहीमा परेको छ ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले राजधानीको शंखमूलस्थित आई कालु मिट सेन्टरलाई कारवाही गरेको हो ।
बजार मूल्यभन्दा करिब दोब्बर मूल्य राखेर मासु बिक्री वितरण भइरहेको भन्दै उपभोक्ताबाट वाणिज्य तथा आपूर्ति विभागमा गुनासो गएको थियो । अनुगमनका क्रममा खसीको मासु प्रतिकिलो १८ सय रुपैयाँ सम्ममा बजार मूल्यभन्दा बढी रकममा बेचेको पाइएपछि विभागले उक्त मिट सेन्टरलाई २ लाख रुपैयाँ जरिवाना तिराएको छ ।

२०७६ चैत २८ गते
प्रतिक्रिया
सम्बन्धित








