दादुराबाट धादिङमा दुई बालकको मृत्यु

चैत्र २३, काठमाडौं । धादिङको चेपाङको बस्तीमा दादुरा–रुबेलाबाट दुई बालकको मृत्यु भएको छ ।  

डेढ महिनादेखि फैलिएको दादुरा–रुबेलाबाट बेनीघाट रोराङ गाउँपालिका–६ कि २९ महिने बालिका अनिसा चेपाङ र वडा–४ कि आठ महिने शिशु सुशान्त चेपाङको मृत्यु भएको हो ।  

अनिसाको चैत १७ र सुशान्तको चैत ११ मा मृत्यु भएको गाउँपालिकाका स्वास्थ्य प्रमुख शंकरबाबु दुवाडीले जानकारी दिए । उनका अनुसार वुमराङलगायत चार वटा वडामा दादुरा–रुबेला फैलिएको छ । त्यहाँ अहिलेसम्म १ सय ५० भन्दा बढी बिरामी परेका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × four =