हतियारसहित वडाध्यक्षको गाडी बरामद

चैत्र २५, धनगढी । हतियारसहित कैलालीको गोदावरी नगरपालिकाका एक वडा अध्यक्षको गाडी सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ।  

नगरपालिकाको वडा नम्बर १० का वडा अध्यक्ष गुड्डु भनिने रबिन्द्र शाहीले प्रयोग गर्दै आएको भारतीय नम्बर प्लेटको गाडी दुई थान बन्दुकसहित सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण शैलेश्वरीबाट खटिएको मोवायल टोलीले  नियन्त्रणमा लिएको हो ।  

भारतीय नम्बर डिएल–३ सिसिआर ३९९७ को टोयटा फर्चुन गाडी र बन्दुकलगायतका समाग्री नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गणका प्रमुख सशस्त्र प्रहरी उपरिक्षक बिरबहादुर साहुले जानकारी दिए।  

कृष्णपुर नगरपालिका वडा नम्बर ४ र ५ को बिचमा पर्ने पूर्वपश्चिम राजमार्गमा रोकिराखेको अवस्थामा रहेको गाडीबाट प्वान्ट टुटु–एलआर थान–१ को बन्दुक, त्यसमा प्रयोग हुने १४ गोटा बुलेट (गोली) एक थान एयरगन र त्यसमा प्रयोग हुने एक सय ९६ गोटा छर्रा बरामद गरिएको साहूले बताए । 

साथै गाडीबाट ८२ हजार नगद, मेघा बैँक, हिमालयन बैँक, एनआईसी एसिया बैंक, गरिमा विकास बैंक, आर बिएम इन्डियन बैंक, आईएमई बैंकका एक–एक एटिएम कार्ड पनि बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ।  

सशस्त्र प्रहरी उपरिक्षक साहुले बरामद गरिएका हतियार वैध भएपनि लकडाउनको समयमा एक बरामद भएकाले वैध मान्न नसकिने बताए। वडाध्यक्ष शाही यसअघि धनगढीबाट २२ लाखको जुवा खालबाट पक्राउ परेका थिए। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + 18 =