वैशाख २५ गते लकडाउन खुले जेठ अन्तिम साता एसइई परीक्षा गर्न सिफारिस

काठमाडौँ । वैशाख २५ गते लकडाउन खुले जेठको अन्तिम साता एसईई परीक्षा गर्न सिफारिस गरिएको छ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा. डा. चन्द्रमणि पौडेलको नेतृत्वको कार्यदलले माध्यमिक शिक्षा परीक्षा(एसइई) जेठ अन्तिम साता गर्न सिफारिस गरेको हो ।

बिहीबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेललाई कार्यदलले बुझाएको प्रतिवेदनमा वैशाख २५ गतेपछि लकडाउन खुले जेठ अन्तिम साताबाट दुवै कक्षाको परीक्षा सञ्चालन गर्न सकिने उल्लखे गरिएको छ । यस्तै एसइई र कक्षा १२ को परीक्षा एउटै समय (दुई सिफ्ट) मा गर्न पनि सिफारिस गरिएको छ ।

यस अघि चैत ६ गतेदेखि परीक्षा लिने गरी १ हजार ९९५ परीक्षा केन्द्र तोकिएको थियो । तर कोरोना भाइरस (कोभिड–१९) का कारण चैत ५ गते बेलुकी मात्र एसइई परीक्षा स्थगित गर्ने निर्णय गरिएको थियो ।

एसइई परीक्षामा कूल चार लाख ८२ हजार ७०७ विद्यार्थी सहभागी हुनेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *