लोक सेवा आयोगलाई अर्को व्यवस्था नभएसम्मका लागि पदपूर्ती रोक्न अनुरोध गर्ने मन्त्रिपरिषदको निर्णय

काठमाडौँ । लोक सेवा आयोगलाई सरकारले पदपूर्तीसम्बन्धी सबै कार्य अर्को व्यवस्था नभए सम्मकालागि रोक्न अनुरोध गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषदको गत १४ गतेको निर्णय सार्वजनिक गर्दै सरकारले लोकसेवा आयोगलाई पदपूर्तिसम्बन्धी कार्य अर्को व्यवस्था नभएसम्मका लागि स्थगित गर्न अनुरोध गर्ने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता डा. युवराज खतिवडाले रिक्त दरबन्दी पदपूर्ति गर्न लोकसेवा आयोगबाट भएका विज्ञापन अनुसार परीक्षा सञ्चालन हुन बाँकी रहेका र विज्ञापन आह्वान हुन बाँकी रहेका सम्पूर्ण कार्य हाललाई अर्को व्यवस्था नभएसम्मका लागि स्थगित गर्न लोकसेवालाई अनुरोध गर्ने निर्णय भएको जानकारी गराएका हुन् ।

सरकारले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सिफारिसमा यस्तो निर्णय गरेको बताएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *