कोरोना भाइरसको असरबारे मुख्य सचिव रेग्मीलाई नेपाल चेम्वरको समष्टिगत सुझाव

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले नेपाल सरकारका मुख्य सचिव लोकदर्शन रेग्मीलाई कारोना भाइरसले विभिन्न क्षेत्रमा पारेको असरबारे समष्टिगत सुझाव हस्तान्तरण गरेको छ ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड(१९) बाट नेपालको अर्थतन्त्रको बिभिन्न क्षेत्रमा परेको प्रभाव वारे अर्थ मौद्रिक तथा बित्त, उद्योग, वाणिज्य तथा आपूर्ति, कृषि, उर्जा, पर्यटन, स्वास्थ्य क्षेत्रलाई पुनरुत्थान गर्न तयार गरेको बिषयगत समष्टिगत बुँदा र सुझाव नेपाल चेम्वरका अध्यक्ष राजेशकाजी श्रेष्ठले मुख्यसचिव रेग्मीलाई हस्तान्तरण गरेका हुन् ।

लकडाउनलाई पनि अब केही खुकुलो बनाउने र काठमाडौंमा रहेकालाई बाहिर जान नदिने र बाहिरकालाई काठमाडौं आउन नदिने गरी व्यवस्थापन गर्दै उद्योग धन्दा खोल्नुपर्ने नेपाल चेम्बरको सुझाव रहेको छ ।

मुख्य सचिव रेग्मीले समष्टिगतरुपमा आएको सुझावलाई अध्यन गरेर आउने बजेटमा तथा विभिन्न मिटिङहरुमा पनि यो सुझाव राख्ने बताएका छन् । उनले लकडाउन भारतको अघि बढेको र यहाँको परिस्थिति हेरेर काम गर्दै जानबताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *