मानव अधिकार आयोगमा सांसद यादवले दिए अपहरणको उजुरी

काठमाडौं। जनता समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवले राष्ट्रिय मानव अधिकार आयोगमा आफूलाई अपहरण गरेको निवेदन दिएका छन्। बिहीबार पुल्चोकस्थित आयोगको कार्यालयमा पुगरे डा. यादवले नेकपा सांसद महेश बस्नेत, कृष्णकुमार श्रेष्ठ र पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालविरुद्ध अपहरणको निवेदन दिएका हुन्।

आफूलाई बन्धक बनाइ महोत्तरीबाट काठमाडौं ल्याएको भन्दै उनले यसअघि महानगरीय प्रहरी परिसर र सरकारी वकिल कार्यालय काठमाडौंमा किटानी जाहेरी दिए पनि दर्ता भएको थिएन। उनले आफ्नो निवेदनमा ज्यानको जोखिम रहेको समेत दावी गरेका छन्। ‘सत्ता र शक्तिका आडमा उनीहरूले मेरो ज्यान लिन सक्ने अझै पनि जोखिम छ,’ सांसद यादवले दिएको निवेदनमा भनिएको छ, ‘सांसदद्वय बस्नेत र श्रेष्ठ तथा पूर्वआइजिपी खनाललाई पक्राउ गरी आवश्यक छानबिन र कारबाही गर्नुपर्छ।’

काठमाडौंबाट गएका सांसदद्वय बस्नेत, श्रेष्ठ र पूर्वआइजिपी खनालले सांसद यादवलाई वैशाख १० गते काठमाडौं ल्याएका थिए। सांसद यादवले दिएको निवेदन आयोगले बुझेको छ। निवेदन बुझ्दै आयोगका सदस्य प्रकाश वस्तीले उजुरीकर्ताले भनेजस्तो अपहरण भएको हो कि होइन भन्नेबारे अनुसन्धान गर्ने बताए। ‘अपहरण भएको भए मानव अधिकारको उल्लंघन हुन्छ, मानव अधिकार पुनस्थापना गर्न हामी बोल्छौं,’ उनले भने।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *