प्रचण्डलाई गाली गरेकाे आराेपमा रेडियो नेपालका पत्रकार पक्राउ
२०७७ वैशाख १८ गते

काठमाडौं । रेडियो नेपालका सञ्चालक समिति सदस्य तथा पत्रकार दिपक पाठक पक्राउ परेका छन् ।
केन्द्रीय साइवर ब्यूरोले सामाजिक सञ्जालमा जथाभावी लेखेको अभियोगमा प्रहरीले पत्रकार पाठकलाई आज बिहान नियन्त्रणमा लिएको नेपाल प्रहरीका प्रवक्ता डिआइजी निरज शाहीले जानकारी दिए।
पत्रकार पाठकले नेकपा अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सामाजिक सञ्जालमा आलोचना गरेको उजुरी परेपछि नियन्त्रणमा लिइएको बताइएको छ ।
२०७७ वैशाख १८ गते
प्रतिक्रिया
सम्बन्धित








