बलिउड अभिनेता ऋषि कपूरको निधन

काठमाडौं। बलिउडका अभिनेता ऋषि कपुरको निधन भएको छ। क्यान्सरबाट पीडित कपुरको ६७ वर्षको उमेरमा बिहीबार निधन भएको टाइम्स अफ इन्डियाले जनाएको छ। स्वास्थ्यमा समस्या आएपछि उनलाई बुधबार मुम्बईस्थित सर एचएन रिलायन्स अस्पताल भर्ना गरिएको थियो।

ऋपि कपूरका दाइ रणधीर कपूरले उनको निधनको पुष्टि गरेका हुन्। उनका अनुसार ऋषिलाई क्यान्सर र स्वासप्रश्वाससम्बन्धी समस्या थियो। अमेरिकामा करिब एक वर्षसम्म क्यान्सरको उपचार गराएपछि उनी गत वर्ष सेप्टेम्बर महिनामा भारत फर्किएका थिए। फेब्रुअरी महिनामा पनि स्वास्थ्य बिग्रिएपछि उनलाई दुई पटकसम्म अस्पताल भर्ना गर्नु परेको थियो।

उनको निधनप्रति गम्भीर दुःख व्यक्त गर्दै अभिनेता अमिताभ बच्चनले आफू ‘क्षतविक्षत’ भएको उल्लेख गरेका छन्। बच्चनले ट्वीट गरेका छन्, ‘उनी गए…ऋषि कपूर…गए…भर्खरै बिदा भए.. म खण्डित भएँ।’

बुधबारमात्रै बलिउडले एक चर्चित अभिनेता इरफान खानलाई गुमाएको थियो। बलिउडले लगातार दुई हस्ती गुमाएको हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 3 =