यी हुन् कोरोना भाइरस प्रवेश गर्न नसकेका विश्वकै ९ देश

काठमाडौं । विश्वभर कोरोनाले त्राहिमाम बनाइरहेको बेला विश्वमा यस्तापनि देशहरु छन् जहाँ अहिलेसम्म कोरोना संक्रमण फैलिएको छैन ।

विश्वकै शक्तिशाली देशहरु कोरोना भाइरसको चपेटामा परीरहेको बेला करिब १० देशहरुमा कोरोना पुग्न सकेको छैन ।
विश्वका १९५ देशहरु मध्ये ९ वटा देशमा कोरोना संक्रमण देखिएको छैन ।

अलजजिराका अनुसार हालसम्म कोमोरोज, किरिबाटी, लेसोथो, मार्शल टापुमा कोरोना संक्रमण छैन । यसैगरी माइक्रोनेसिया, नउरु, उत्तर कोरिया, पलाउ, सामोआमा पनि कोरोना भाइरस देखिएको छैन ।

सेन्ट पियरे मिकेलोनमा अहिलेसम्म एक जनामा मात्र कोरोना संक्रमण देखिएको छ । २०१६ का अनुसार यो देशमा ६ हजार ८ जनसंख्या रहेको छ ।

अप्रिल ३ मा देखिएको एक कोरोना संक्रमितको उपचार भइरहेको र निको हुने क्रममा देखिएको छ ।

कम जनसंख्या, बाहिरी मुलुकहरूसँगकाे कडा सिमा सुरक्षा, राम्राे स्वाथ्य सुरक्षा र काेराेना भाइरस प्रति सरकार र जनता नै बढि सचेत भएका कारण यी देशहरूमा काेराेना फैलन नसकेकाे बताइएकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *