कोरोना भाइरस संक्रमण बाट विश्वमा मृत्यु हुनेको संख्या २ लाख २८ हजार नाघ्यो, अमेरिकामा कति ?

काठमाडौं । कोरोना भाइरसको महामारीबाट विश्वमा मृत्यु हुनेको संख्या २ लाख २८ हजार नाँघेको छ । विश्वमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या २ लाख २८ हजार १९७ पुगेको छ ।

कोरोनाका कारण सबैभन्दा बढि मानिसको मृत्यु अमेरिकामा भएको छ । पाँचदिन यता अमेरिकामा मात्रै ११ हजार बढिको मृत्यु भएको छ । संयुक्त राज्य अमेरिकामा हालसम्म ६१ हजार बढिको मृत्यु भएको वल्र्डोमिटरको तथ्यांक छ । भर्खरैको रेकर्ड अनुसार अमेरिकामा अहिलेसम्म ६१ हजार ६५६ जनाको मृत्यु भइसकेको छ ।

https://www.worldometers.info/coronavirus/

कोरोना भाइरस अमेरिकाको ५० वटै राज्यमा फैलिएकोमा सबैभन्दा बढि न्यूयोर्क शहरमा मृत्यु हुनेको संख्या रहेको छ । अमेरिकामा ३ लाख ६ हजार बढि संक्रमित भएका छन् । यद्यपि, अमेरिकामा दुई दिन यता कोरोनाबाट मृत्यु हुनेको संख्या घट्दो छ ।

अमेरिकामा १५ जना नेपालीले ज्यान गुमाएका छन् ।

स्पेनमा कोरोनाबाट मर्नेहरुको संख्या २४ हजार २७५ पुगेको छ । स्पेनमा संक्रमितको संख्या २ लाख ३६ हजार ८९९ पुगेको छ । भने, इटालीमा अहिलेसम्म २७ हजार ६८२ को मृत्यु भएको छ । इटालीमा २ लाख ३ हजार ५९१ संक्रमित पुगेका छन् । फ्रान्समा १ लाख ६६ हजार ४२० संक्रमित हुँदा २४ हजार ०८७ जनाको मृत्यु भएको छ ।

बेलायतमा कोरोनाबाट २६ हजार ०९७ जनाको मृत्यु भएको छ । जहाँ हालसम्म १ लाख ६५ हजार २२१ संक्रमित छन् । जर्मनीमा ६ हजार ४६७, टर्कीमा ३ हजार ०८१, इरानमा ५ हजार ९५७, कोरोनाको उद्गम स्थल चीनमा ४ हजार ६३३ को मृत्यु भएको छ । चीनमा कोरोना भाइरस लगभग नियन्त्रणमा आइसकेको छ ।

इण्डियामा पनि कोरोना संक्रमणबाट मर्नेहरुको संख्या बढ्दो छ । पछिल्लो अपडेट अनुसार इण्डियामा १ हजार ०७९ को मृत्यु भइसकेको छ । इण्डियामा कोरोनाले त्राहिमाम मच्चाउने अनुमान गरीएको छ । उच्च जनसंख्या रहेको इण्डियामा खासगरी जनघनत्व बढि रहेका शहरमा कोरोना संक्रमितको संख्या बढ्दो छ । इण्डियामा ३३ हजार ०६२ संक्रमित पुगेका छन् ।
खाडी मुलुकहरु साउदी अरेविया, कतार युएई, इजरायल, जापान, मलेसिया लगायतमा देशहरुमा पनि कोरोनाबाट मर्नेहरुको संख्या छ ।

हाल विश्वमा ३२ लाख १९ हजार ४२४ संक्रमित पुगेका छन् । कोरोनाको उपचारपछि निको हुनेहरुको संख्या १० लाख नाघेको छ । नेपालमा हालसम्म कोरोनाबाट एक जनाको पनि निधन भएको छैन । नेपालमा कोरोना संक्रमितको संख्या ५७ पुगेको छ । जसमध्ये १६ जना निको भइसकेका छन् ।

हेर्नुहोस पछिल्लो तथ्यांक

याे पनि हेर्नुहाेस

https://www.worldometers.info/coronavirus/?utm_campaign=homeAdvegas1?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *