यस कारण पहाडी क्षेत्रमा अचानक वर्षा भइरहेछ

काठमाडाैं । पश्चिमी वायु/स्थानीय वायु र पूर्वी भू-भाग नजिक बनेको न्यून चापिय क्षेत्रको प्रभाव हुनुको साथै बंगालको खाडी/अरब सागरबाट समेत जलवाष्पयुक्त हावा नेपाल प्रवेश भएकोले आगामी तीन मुलुककाे माैसम चट्याङ सहित वर्षाकाे संभावना रहेकाे छ । प्रिमनसुन शुरू हुने समय भएकाेले पनि पहाडी क्षेत्रमा वर्षा भइरहेकाे महाशाखाकाे अनुमान छ । राजधानी सहित पहाडी क्षेत्रमा केहि दिन यता अकस्मात हल्का र उच्च वर्षा भइरहेकाे छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पुर्वी भूभागमा सामान्य बदली र मध्य पहाडी भूभागमा आंशिक बदली भै अन्य बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको देखिन्छ।

वर्षापछि उर्लिएकाे राजधानीकाे धाेवी खाेला, फाेटाे फायल

आगामी तीन दिनको मौसम पूर्वानुमानः

बैशाख १८ गते (विहिबार)

दिउँसोः देशभर सामान्य बदली रही केही स्थानहरुमा मेघगर्जन/ चट्याङ्ग/असिना र हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
रातीः देशभर सामान्य बदली रही केही स्थानहरुमा मेघगर्जन/ चट्याङ्ग/असिना र हावाहुरी सहित हल्का वर्षाको हुन सक्ने पूर्वानुमान छ ।

बैशाख १९ गते (शुक्रबार)

दिउँसोः देशको पहाडी भू-भागमा सामान्य बदली र अन्य भू-भागमा आंशिक बदली रही अपरान्ह पछि पश्चिमी र पुर्वी पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग/असिना र हावाहुरी सहित हल्का देखि मध्यम वर्षा र बाँकी भु-भागका केही स्थानहरुमा मेघगर्जन/ चट्याङ्ग/असिना र हावाहुरी सहित हल्का वर्षाको सम्भावना रहेको छ।

रातीः देशको पश्चिमी पहाडी भू-भाग तथा मध्य र पुर्वी भु-भागमा सामान्य बदली र अन्य भू-भागमा आंशिक बदली रही पश्चिमी पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग/असिना र हावाहुरी सहित हल्का देखि मध्यम वर्षा र बाँकी भु-भागका केही स्थानहरुमा मेघगर्जन/चट्याङ्ग/असिना र हावाहुरी सहित हल्का वर्षाको सम्भावना छ।

बैशाख २० गते (शनिबार)

दिउँसोः देशको पश्चिमी पहाडी भू-भागमा मध्यान्नपछि तथा मध्य र पुर्वी भु-भागमा सामान्य बदली र अन्य भू-भागमा आंशिक बदली रही देशका पहाडी भूभागका केही स्थानहरुमा मेघगर्जन/ चट्याङ्ग/असिना र हावाहुरी सहित हल्का वर्षाको सम्भावना रहेको छ।

रातीः देशको मध्य तथा पुर्वी पहाडी भू-भाग र पश्चिमी भू-भाग सामान्य बदली तथा पुर्वी खण्डको तराइ भू-भागमा आंशिक बदली रही बाँकी अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ । देशका पश्चिमी र पुर्वी पहाडी भूभागका केही स्थानहरुमा र मध्य भू-भागका एक दुइ स्थानहरुमा मेघगर्जन/चट्याङ्ग/असिना र हावाहुरी सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *