आज बैशाख १८, बिहिबार, यस्ताे छ आजकाे पञ्चाङ्ग र राशिफल

आजकाे पञ्चाङ्ग

वि.सं.वैशाख १८, २०७७ । ई.सं. 30 April, 2020। शक संवत् १९४२ । नेपाल संवत् ११४० बछलाथ्व । प्रमादी उत्तरायण । वसन्त बिहीवार । वैशाख शुक्लपक्ष । तिथि सप्तमी, १०:१७ बजे उप्रान्त अष्टमी । नक्षत्र तिष्य, २१:५३ बजे उप्रान्त अश्लेषा । योग शूल, १६:४१ बजे उप्रान्त गण्ड । करण वणिज १०:१७ बजेदेखि भद्रा, २१:३६ बजे उप्रान्त कौलव । चन्द्रराशि कर्कट । आनन्दादि योग । शुभ दिनमान ३२।५३ । सूर्योदय ०५:२७ । सूर्यास्त १८:३६ । सर्वार्थसिद्धि योग १०:१७ बजेसम्म र २१:३६ देखि २१:५६ बजेसम्म ।

आज बिहिवारको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज स्वास्थ्य प्रति सजक रहन जरूरी छ । सामाजिक काममा व्यस्त हुने समय रहेको छ, तर गरेको कार्यबाट सफलता भने नमिल्ला ।
बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) भाग्यले साथ दिनेछ । आज परोपकार तथा सहयोग आदिमा पनि भूमिका निर्वाह गर्न पाइनेछ । सजिलै अरूको मन जित्न सकिनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज धार्मिक र सामाजिक महत्त्व क्षेत्रको भ्रमण हुनसक्छ । दुरदराजमा रहेका आफन्तजनसँग प्रविधि मार्फत भेटघाट हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आजको दिन घरमै हाँसखेल र मनोरञ्जनपूर्ण समय हो । परोपकारजन्य कार्यमा लगाव बढ्ने र लोकप्रियताको अवसर प्राप्त हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज घरायसी वातावरणमा केही असामान्यता देखिन सक्छ । परिवारभित्रका झिनामसिना काममा धेरै समय खर्चनु पर्नेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज जिम्मेवारी बढ्न सक्ने समय आएको छ । मठ–मन्दिरको भ्रमणले काम सम्पन्न गर्न मद्दत पुर्याउने र शरीरमा ऊर्जा प्रदान गर्नेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आफन्त, सहयोगी र मित्रवर्गको सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न हुनसक्छ । गोपनीय ढङ्गले गरिएको कार्यमा सफलता मिल्न सक्छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) घरपरिवारमा र रमाइलो वातावरण छाउनेछ । परोपकारका क्षेत्रमा लगानीको समय छ । मनमा हर्ष र प्रसन्नता छाउनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आजको यात्राले दु:ख हुन सक्छ । काम बिगार्न चाहनेहरू अगाडि बढ्न सक्छन् । स्वरोजगारीका निम्ति मानशीक चिन्ता बढ्ला ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज प्रविधि मार्फत दैनिकी सहज हुनेछ । आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसरपनि जुट्ला । पारिवारिक भेटघाट हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज वाणीमा कुशलता आउने दिन परेको छ । करियरको क्षेत्रमा मन मिल्ने साथीको सुझावले महत्त्वपूर्ण भुमिका निर्वाह गर्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज बोलीवचन, प्रवचन–भाषण आदिमा प्रशंसा मिल्नेछ । परोपकारी कार्यमा संलग्न भइनेछ । रचनात्मक कार्यमा जुट्दा फाइदा हुनेछ । – ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *