निम्बसले बिरगन्जमा बिस्तार गर्‍यो अनलाइन सपिङ, उत्पादनको दायरा पनि थप

काठमाडौं । निम्बसले विरगञ्जमा अनलाइन सपिङ सञ्चालनमा ल्याएको छ । कोरोना भाइरस (कोभिड–१९) को प्रकोपको अवस्था निरन्तर रहिरहँदा निम्बस समुहले देशव्यापी उत्पादन तथा सेवा विस्तार गर्न विभिन्न उपायहरु प्रयोगमा ल्याउँदै आएकोमा सेवा थप गरी अनलाइन सपिङ पनि सञ्चालनमा ल्याएकोहो ।

गत चैत्र ९ बाट निम्बसले सुरक्षित किनमेलको प्रत्याभुति दिलाउन www.nimbusbazar.com मार्फत अनलाइन अर्डरहरु लिन सुरु गरेको थियो । सुरु दिनहरुमा निम्बसले सीमित मात्रामा दैनिक आवश्यकताका वस्तुहरु उपलब्ध गराएको थियो । जनस्तरबाट सकारात्मक प्रतिक्रिया पाएपछि सेवालाई देशका विभिन्न भागमा बिस्तार गर्न र आपनो उत्पादनहरुको दायरा बढाएको निम्बसले बताएको छ ।

कोभिड–१९ को संक्रमणलाई रोकथाम गर्न कम्पनीले आफ्ना डेलिभरीका कर्मचारीसहित अन्य कर्मचारीहरुको सुरक्षाको सुनिश्चितता गर्न सबै किसिमका कदमहरु चालेको बताएको छ । वितरण लगायतका सम्पूर्ण प्रत्यक्ष र अप्रत्यक्ष कर्मचारीहरुलाई समेत व्यक्तिगत स्वास्थ्य, स्वस्थकर अभ्यास र बाराम्बार साबुनपानीले हात धुने तथा सेनिटाइजर प्रयोग गर्ने बिषयमा निरन्तर प्रशिक्षण दिँदैं आएको छ ।

त्यस्तै, कर्मचारीहरुलाई मास्क, पीपीइ, पन्जा, सेनिटाइजर आदि उपलब्ध गराउनुका साथै डेलिभरीको समयमा आवश्यक सामाजिक दुरी कायम गर्न सिकाइएको छ । साथै कम्पनीले आफ्ना सबै कर्मचारीहरुलाई शिखर इन्स्योरेन्ससँगको सहकार्यमा कोभिड इन्सुरेन्स प्रदान गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *