नेकपा नेतृत्वलाई प्रश्नः झोले बनाउँछौ कि झन्डा बोक्ने कार्यकर्ता ?

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य तथा पूर्व कानुनमन्त्री शेरबहादुर तामाङले पार्टीको पछिल्लो विवादको विषयलाई लिएर पार्टी नेतृत्वप्रति आक्रोश पोखेका छन्। तामाङले देश र जनताको पक्षमा काम गर्ने कि व्यक्तिगत स्वार्थ निहीत हुने भन्दै पार्टी नेतृत्वमाथि आक्रोश पोखेका हुन्।

बुधवार समाजिक सञ्जाल फेसबुकमार्फत उनले इमान्दार कार्यकर्तालाई नेतृत्वले झोला बोक्ने झोले समान मात्र ठहर्‍याएको हो कि भन्दै प्रश्न पनि उठाए। उनी लेख्छन्, ‘ए नेताहरु हो! हामीलाई झोला बोक्ने झोले बनाउँछौं कि पार्टीको झण्डा बोक्ने इमान्दार कार्यकर्ता ? देश र जनताको पक्षमा इमान्दारिताका साथ काम गर्छौ कि निहीत सत्ता स्वार्थको लागि जोड घटाउमा लाग्छौ ? हामीलाई किन यति धेरै पीडा दिन्छौ ?’

उनले नेतृत्वको हर्कतले पार्टीका लाखौं कार्यकर्ताको मन रोइहरेको पनि बताए। उनले अहिले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का लाखौंलाख कार्यकर्ताहरु डरत्रास, आक्रोस, असमन्जस्यता र पीडाको अवस्थामा रहेको जनाएका छन्। ‘यो सबै हामी कार्यकर्ताका कारणले होइन। नेताहरुकै कारणले हो,’ उनले भनेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *