फ्रान्सको लिग वान रद्ध, च्याम्पियन बन्ने भयो पीएसजी !

काठमाडौं । विश्वभर फैलिएको कोरोना महामारीका कारण फ्रान्सको लिग वान रद्ध भएको छ । यसअघि जुनमा स्थगित लिग शुरु गर्ने योजना बनाएको भएपनि फ्रेन्च सरकारले सेप्टेम्बरसम्म सबै खेलकुद गतिबिधिमाथि प्रतिबन्ध लगाउने घोषणा गरेसँगै लिग वान स्थगित भएको हो ।

फ्रान्सका प्रधानमन्त्री एडोउआर्ड फिलिपले फ्रान्समा कोरोनाको संक्रमण बढ्दै गएपछि सेप्टेम्बरसम्म खेलकुद गतिबिधिलाई प्रतिबन्ध लगाएको घोषणा गरेका हुन् । यसका साथै उनले सेप्टेम्बरसम्म खेल गतिबिधि प्रतिबन्ध भएपछि लिग वान हुने सम्भावना नरहेको फ्रान्सको संसदमा बताएका हुन् ।

सरकारले लिग हुननसक्ने भएपछि लिग वानको गभर्निंग बडी आगामी मे मा बैठक बस्ने तयारी गरेको छ । मे मा बैठक बसेर यस सिजनको लिगको विजेता घोषणा गर्ने नगर्ने, रेलिगेट टिम तथा लिगको अन्तिम अंक तालिका सार्वजनिक गर्ने बताइएको छ ।

अहिलेसम्मको अवस्थामा पीएसजीले १२ अंकको अग्रता लिदै शिर्ष स्थानमा रहेको छ । त्यसैले पीएसजीले यस सिजन जित्ने भएको छ । योसँगै पिएसजीले लगातार तेस्रो सिजन लिग वानको उपाधि जित्ने छ । अहिलेको अंकतालिका अनुसार मार्सेली र रेन्नेज च्याम्पियन्स लिगमा छनौट हुने छन् भने लिल्ले युरोप लिगमा छनौट हुने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *