अनलाईन हाजिरी जवाफ प्रतियोगताकी बिजेता भइन पल्लवी

काठमाडौं । पाँच दिने अनलाइन हाजिरी जवाफ प्रतियोगिताकी बिजेता पल्लवी श्रेष्ठ बनेकी छन् । नलेज मास्ट्राको आयोजनामा भएको हाजिरी जवाफ प्रतियोगिताको फाइनलमा ३ जना प्रतिस्पर्धीमध्ये श्रेष्ठ बिजयी बनेकी हुन् ।
ग्लोकल आफ्टर स्कूलद्वारा आयोजित नलेज मास्ट्रो भिडियो कन्फरेन्स मार्फत अनलाइन आयोजित गरिएको थियो र यो ग्लोकल आफ्टर स्कूल र ईसेवाको फेसबुक च्यानलमा प्रत्यक्ष प्रसारण गरिएको थियो ।
प्रतिस्पर्धा २४ अप्रिल देखि २८ अप्रिलसम्म आयोजित गरिएको थियो । दुईसय भन्दा बढी सहभागीले नकआउट चरणमा भाग लिएका थिए । जुन शीर्ष २४ जनाले अर्को दुई दिन प्रतिस्पर्धा गरेर सेमी फाइनलको लागि छनोट भएका थिए । १६ जना सेमी फाईनल पछिको चरणबाट आफ्नो अंकको अनुरुप ८ जना प्रतिस्पर्धी फाईनल राउण्डमा पवेश गरेका हुन् ।
आज फाईनल राउन्डबाट ३ जना प्रतिस्पर्धी यो ५ दिने लामो हाजिरीजवाफ प्रतियोगताको बिजेता बनेका हुन् ।
विजेतालाई ३०,००० नगद पुरस्कार प्रदान गरिएको थियो । त्यस्तै दोस्रो स्थानमा नकुल रेग्मी र तेस्रो स्थानमा इश्वर के. सि. लाई २०,००० र १०,००० क्रमशः प्रदान गरिएको थियो ।
नलेज मास्ट्रो नबिल बैंक र ईसेवाको सहकार्यमा आयोजित गरिएको थियो ।








