वैकल्पिक रोजगारीका लागि गृहकार्य थालिएको छ : पर्यटनमन्त्री भट्टराई

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले मजदुरहरुका लागि बैकल्पिक राजदगारीको गृहकार्य थालिएको बताएका छन् । मंगलबार ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान) र नेपाल टेकिङ ट्राभल राफ्टिङ एयरलाइन्स संस्कृति पुरातात्विक कार्गो कुरियर श्रमिक युनियन (युनिट्राव)का पदाधिकारीसँगको भेटमा मन्त्री भट्टराईले पर्यटकीय क्षेत्रमा कार्यरत मजदुरको रोजिरोटी गुमिरहेको भन्दै उनीहरुका लागि बैकल्पिक रोजगारीको गृहकार्य थालिएको बताएका हुन् ।

कोभिड १९ का कारण पर्यटकीय गतिविधि शून्यमा झरेको भन्दै पर्यटन मन्त्री भट्टराईले पर्यटन क्षेत्रमा मात्र करीव ८.९ लाख प्रत्यक्ष रोजगारी रहेको अनुमान गरिएको बताए । यातायात (हवाई, सडक), होटेल, ट्रेकिङ, ट्राभलसहित अन्य पर्यटकीय क्षेत्रमा कार्यरत मजदुरको रोजिरोटी गुमिरहेको उनले स्पष्ट पारे।

मन्त्री भट्टराईले कोभिड १९ का कारण करीब ९ लाख पर्यटन मजदुर प्रभावित हुने अवस्था देखिएको बताएका छन् ।

उनले श्रमिकलाई सरकार वा सम्वन्धित कम्पनी जमानी बसेर सहुलियत दिने सम्बन्धमा गृहकार्य भइरहेको बताए । उनले व्यवसायीलाई कसरी वित्तिय सहयोग उपलब्ध गराउन सकिन्छ भन्ने सम्बन्धमा अभ्यास भइरहेको जानकारी दिए ।

उनले कोरोना भाइरसका कारण पर्यटन क्षेत्रमा परेको असरलाई पुर्नजीवन दिने गरी सरकारले आगामी वर्षको नीति तथा कार्यक्रम तथा वजेटमार्फत ठोस कार्यक्रम ल्याउने बताए।

नेपालको पर्यटन क्षेत्रमा १५ खर्व ९५ अर्व भन्दा बढी लगानी रहेको सरकारको अनुमान छ ।

टान र युनिट्रावका तर्फबाट बुझाईएको ध्यानाकर्षण पत्रमा ब्याज मिनाहा, एक बर्ष सम्म विना धितो दुई प्रतिशत व्याजदरमा २० लाख सम्मकर्जा सुविधा तथा घरभाडा छुटका लागि पहल गर्नुपर्नेसमेत माग गरिएको छ ।

यस्तै, टिम्स अन्तर्गत मजदुर कल्याणकारी कोषमा जम्मा भएको रकम श्रमिक हितको लागि प्रयोग गर्नुपर्ने, ट्रेकिङ कम्पनीको नवीकरणको समयावधि ६ महिना थप्नु पर्ने, आउँदो बजेटमार्फत पर्यटन क्षेत्रमा विशेष छुटका योजना ल्याउनुपर्ने लगायतका माग रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *