महासंघद्वारा नाट्यकर्मीहरुलाई राहत

काठमाडौं । कोभिड–१९ का कारण लकडाउनले गर्दा सबैतिर प्रभाव परिरहेको छ । दैनिक ज्यालादारीमा काम गर्नेहरुलाई सबैभन्दा पहिले असर गरेको भए तापनि अहिले लकडाउन महिना दिन नाघिसक्दा समुदायको अरु क्षेत्र तिर पनि यसको असर विस्तार भईरहेको छ ।

लकडाउनका कारणले नाटक मञ्चन नभईरहेको अवस्थामा नाट्यकर्मीहरु समेत मर्कामा पर्न थालेकोले नाट्यकर्मी महासंघले राहतका लागि आव्हान गरेको थियो । सोही अनुसार राहत आवश्यक भई सम्पर्कमा आएका नाट्यकर्मीहरुलाई महासंघले राहत उपलब्ध गराएको छ ।

राहत वितरणलाई निरन्तरता दिईने महासंघका कार्यवाहक अध्यक्ष राजेन्द्र रिमालले जानकारी गराएका छन् । ‘शुरुमा नाट्यकर्मीहरुलाई राहतको आवश्यक परेको थिएन । तर लकडाउनको अवधि बढ्दै गएपछि भने नाट्यकर्मीहरु पनि मर्कामा परेको सूचना प्राप्त भएकोले महासंघले त्यसका लागि पहल गरेको हो ।’ उनले भने ।

रिमालले अहिलेसम्म सम्पर्कमा आएका विभिन्न समुह एवम् थिएटरमा आवद्ध तथा स्वतन्त्र नाट्यकर्मीहरुलाई राहत उपलब्ध गराएको जनाए । साथै उनले राहतलाई आवश्यकता अनुसार निरन्तरता दिने बताए ।

महासंघले कतिपय नाट्यकर्मीहरुलाई आफैंले र कतिपयलाई अन्य संघसंस्था तथा वडा कार्यालय मार्फत पनि राहत उपलब्ध गराएको छ । त्यसैगरि काठमाडौं बाहिरका नाट्यकर्मीहरुलाई पनि राहत आवश्यक भएको अनुरोध आएकोले स्थानीय तहसँग पनि समन्वय गरी राहतका लागि आग्रह गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *