भारतले किन रद्द गर्यो चीनबाट किट ल्याउने सम्झौता ? ल्याएको पनि फिर्ता पठाउँदै

काठमाडौं । भारतले चीनसँग कोरोना भाइरस (कोभिड १९) परीक्षण किट ल्याउने सम्झौता रद्द गरेको छ । र्‍यापिड डाइग्नोस्टिक टेस्ट किटमाथि लगातार प्रश्न उठेपछि केन्द्र सरकारले सम्झौता रद्द गर्ने निर्णय गरेको हो ।

भारतीय चिकित्सा अनुसन्धान परिषदले गरेको अनुसन्धानमा र्‍यापिड किट अयोग्य तथा गुणस्तरहीन पाइएसँगै परीक्षणमा अन्यौलता बढिरहँदा भारत सरकारले चीनबाट ल्याउने भनिएको ५ लाख किटको सम्झौता रद्द गरेको हो ।

त्यसैगरी चीनबाट ल्याइएका र्‍यापिड टेस्ट किट त्यतै फिर्ता पठाउने निर्णय पनि केन्द्र सरकारले गरेको बीबीसीले उल्लेख गरेको छ ।

यता चीनले भने भारतको दाबी अस्वीकार गरेको छ । मंगलबार एक विज्ञप्ति जारी गर्दै चिनियाँ दूतावासका प्रवक्ता जी रोङ्गले चिनियाँ उत्पादनको गुणस्तरमाथि प्रश्न उठाउनु गैरजिम्मेवारपूर्ण भएको बताएका छन् ।

भारतमा ‘कोविड–१९’ संक्रमितको संख्या २९ हजार ४३५ भएको मङ्गलबार जनाइएको छ । गएको २४ घण्टायता भारतमा एक हजार ५४३ कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् ।

मङगलबार बिहानको तथ्यांकअनुसार भारतमा ‘कोविड १९’ का संक्रमितहरूको संख्या २९ हजार ४३५ जना पुगेको यहाँँको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको हो ।

उक्त मन्त्रालयका अनुसार भारतभर गएको २४ घण्टायता मृत्यु हुनेको संख्या ६२ जना रहेको छ । योसँगै भारतमा कोरोना संक्रमणबाट ज्यान जानेको संख्या ९३४ पुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *