आज वैशाख १६ गते मंगलबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आजको पञ्चाङ्ग
वि.सं. वैशाख १६, २०७७ । ई.सं. 28 April, 2020 । शक संवत् १९४२ । नेपाल संवत् ११४० बछलाथ्व । प्रमादी उत्तरायण वसन्त । मंगलवार वैशाख शुक्लपक्ष तिथि । पञ्चमी, ११:५७ बजे उप्रान्त षष्ठी । नक्षत्र आर्द्रा , २२:३२ बजे उप्रान्त पुनर्वशु । योग सुकर्मा, २०:२३ बजे उप्रान्त धृति । करण वालव ११:५७ बजेदेखि कौलव, २३:४३ बजे उप्रान्त वणिज । चन्द्रराशि मिथुन । आनन्दादि योग चर । दिनमान ३२।४६ । सूर्योदय ०५:२९ । सूर्यास्त १८:३५ । श्री आद्यगुरु शंकराचार्य जयन्ती । श्रीरामानुजाचार्य जयन्ती ।

राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज नयाँ कार्यको योजना बन्नेछ । बोलीको प्रभाब बढ्नेछ । वित्तिय संस्थाबाट सहयोग पाईनेछ । स्वादिष्ट भोजनपनि पाईनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । सन्तान सुख मिल्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) धार्मिक, सामाजिक र अरुको हित हुने काममा समय व्यतीत हुनसक्छ । वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । दैनिक कार्यमा प्रगती हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) प्रयत्न गर्दा पनि उपलब्धि पाउन मुस्किल पर्नेछ । आर्थिक कारोवारमा मन्दी आउला । पेटसम्बन्धी समस्याले पिरोल्न सक्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आस मारेको काम बन्नेछ । दाम्पत्य जीवन सुखमय हुनेछ । अचल सम्पत्ती हात पर्ने योगछ । आँटेको र ताकेको कार्य पुरा हुनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) शुभ समाचार सुन्न पाइएला । परिवारजनको साथले नयाँ आशा जगाउनेछ । नयाँ सवारी साधन प्राप्तिको योग छ । अरुको मन जित्न सकिनेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज परोपकार तथा पूण्य आर्जन गर्न संलग्न भइनेछ । रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) मन भावुक र उत्ताउलो बन्नेछ, आफूलाई अनुशासित र संयम बनाउनु पर्छ । आफ्नो अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज अनुहारमा कान्ति र मनमा शान्ति छाउला । धार्मिक र न्यायिक कार्यमा सफलता मिल्नेछ । दैनिक कार्यमा प्रगती हुनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आजबाट रोकिएको कार्य पुन: सुचारु हुन सक्छ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । शुभकार्यको चर्चापनि चल्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) लामो समयदेखिका बाधाहरू स्वत: फुकुवा हुनेछन् । कला र गलाको प्रभाव बढ्नेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) सामाजिक र पारिवारिक सम्बन्धमा चिसोपन देखिन सक्छ । मित्रहरूले वचन पूरा नगर्दा आर्थिक हैरानी बेहोर्नुपर्ला । घरायसी समस्या बढ्नेछ ।

– ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *