राहत वितरण गर्दा नेकपाले एकद्वार प्रणाली उलङ्घन गरेको छैन’

धरान । सुनसरी क्षेत्र नं. १ मा प्रदेश तथा प्रतिनिधिसभा सांसदहरुले वितरण गरेको राहत एकद्वार प्रणाली अन्र्तगत नै वितरण भएको नेकपा प्रदेश तथा प्रतिनिधि सभाका सांसदहरुले बताएका छन् । केही सञ्चार माध्यममा सत्तारुढ नेकपाले नै एकद्वार प्रणाली उलङ्घन गरेको मनसायका समाचारहरु प्रकाशित भएकोप्रति ध्यानार्कषण भएको भन्दै राहत वितरणमा एकद्वार प्रणाली नै अपनाइएको बताएका छन् ।

आज वडा नं १२ को कार्यालयलाई नेकपाका सांसदहरुले राहत हस्तान्तरण गर्ने क्रममा राहतको नाममा आफ्नो पार्टी तथा सांसदहरुले राहत वितरणमा कुनै राजनीति नगरेको नेकपा प्रदेश एकका ईन्चार्ज भिम आचार्यले बताए । धरान उपमहानगरपालिकामा राहत वितरण व्यवस्थित गर्न एकद्वार प्रणालीमार्फत राहत वितरण गरिनुपर्ने भनिएपनि सत्तारुढ नेकपाका सांसदहरुले धरानका वडा–वडामा पुगेर राहत वितरण गरेको तथा पार्टीले एकद्वार प्रणालीको उलंघन नगरी धरान उपमहानगरपालिका भित्रका वडाहरुलाई सहज हुनेगरी राहत वडा कार्यलयसम्म पुर्याई सहयोग गरेको नेकपाका जिल्ला सचिव रमेश बस्नेतले बताए ।

‘स्थानीय निकायको एकद्वार प्रणाली अनुसार वडा कार्यालयहरुमा पुर्याएको मात्र हो, हामीले एकद्वार प्रणाली बाहिर गएर राहत वितरण गरेका छैनौं ।’ बस्नेतले पार्टीका तर्फबाट धरानको फुड बैंकमा २५ सय किलो चामल प्रदान गरेको बताए । भने आफुरुले स्थानीय सरकारलाई हरेक तबरले सहयोग गरेको दावी पनि गरे । ‘नेकपाले ब्यक्ति ब्यक्तिलाई राहत दिएको भए एकद्धार प्रणालीको उलंघन गर्यो मिल्थ्यो तर, हामीले एकद्धार प्रणालीलाई थप मजबुत पार्न काम गरिरहेका छौं ।’ वस्नेतले भने ।

बस्नेतले आफुहरुले स्थानीय तह मार्फत राहत वितरण गरेको प्रष्ट्याउँदै पार्टी अनुसार बाँडेको भन्दै भने–‘पार्टीका कार्यकर्ताहरुलाई छानीछानी दिईहाल्थ्यौ नी ! तर हामीले आफ्नो वा अरुको भनेर छुट्याएका छैनौ ।’

 

सचिब बस्नेतले जनताको साथमा पार्टी छ भन्ने सन्देश यहि बेला दिने समय भएको बताउँदै कोरोना लकडाउनका बेला यो राहत नै जनतालाई पर्याप्त नहुने भएकोले अहिलेको अवस्थामा टोकन स्वरुप मात्र राहत वितरण गरेको र जरुरत परेको खण्डमा पार्टीले अन्य सरसहयोग पनि जुटाउने बताए ।

नेकपाका स्थायी समिति सदस्य, प्रदेश ईन्चार्ज तथा सुनसरी निर्वाचन क्षेत्र नंं १ ख का प्रदेश सभासद् भीम आचार्य, सङ्घीय सांसद जयकुमार राई, प्रदेश नं. १ का सभामुख प्रदीप भण्डारी समानुपातिक सासंद उमिता बराइली, सावित्री श्रेष्ठ नेता मुकेश मेन्याङवो, युवा संघका जिल्ला ईन्चार्ज पुर्ण भुजेल, सुनसरी अध्यक्ष भुवन याख्खा लगायतको समूहले धरान उपमहानगरपालिका विभिन्न वडाहरूलाई राहत वितरण गर्दै आईरहेका छन ।

जसअन्र्तगत सुनसरीको बराहक्षेत्र नगरपालिका र रामधुनी नगरपालिकाका तथा धरानका १० वटा वडामा राहत वितरण गरिसकिएको र धरानका अन्य १० वटा वडामा भोली मंगलबार सम्ममा राहत वितरण गरि सक्ने पार्टीले जनाएको छ ।

धरानको राहत वितरणलाई व्यवस्थित बनाउन एकद्वार प्रणालीलाई नै थप टेवा पुग्ने गरी पार्टीले राहत वितरणमा सहयोग गरेको नेता भिम आचार्यको दावी छ । नेकपाले हालसम्म पहिलो चरणमा धरानको फुड बैंकमा २५ सय किलो चामल प्रदान गरिसकेको छ भने अरु १५ हजार किलो चामल बितरण गर्ने कार्यक्रम रहेको जनाएको छ ।

राहत बितरणका लागि पार्टीका बिभिन्न सांसदहरु तथा तिनीहरुको नजिक भएका उद्योगी, व्यापारी, पार्टीका कार्यकर्ताहरुको सहयोगले जुटाइएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *