विराटनगरमा अलपत्र परेका सर्वसाधारणलाई शैक्षिक संस्थाको सहयोगमा उद्धार

सुजाता निङ्लेकु-

विराटनगर । लकडाउनको कारण लामो समयदेखि विराटनगरमा अलपत्र परेका सर्वसाधारण र विद्यार्थीलाई प्याब्सन विराटनगर, हिसान मोरङ र एन प्याब्सन मोरङको यातायात सहयोगमा विराटनगर महानगरपालिकाले उद्धार गरेको छ । विराटनगरबाट सोमबार सामाजिक दुरी कायम गरी चौध वटा स्कूल बसमा ३ सय ८५ जना सर्वसाधारण र विद्यार्थीलाई उद्धार गरिएको हो ।

उनीहरुलाई निजी स्कूल बसबाट ईलाम, झापा, सुनसरी, सप्तरी, सिराहा, सर्लाही र धनुषा पठाइएको प्याब्सन विराटनगरका सचिव अर्जुन श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार उनीहरु सबैलाई निःशुल्क आ–आफ्नो गन्तब्व्मा पुर्याएको हो ।

लकडाउनका कारण विराटनगरमा अलपत्र परेका विद्यार्थीहरु तथा सर्वसाधारणहरुलाई सहज भएसँगै सरल किसिमले आफ्नो घर पुर्याउन अझै पहल गर्ने विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले बताए । सवारीका क्रममा लाग्ने इन्धन र सवारी चालक, सहचालकलगायतलाई सेवासुविधा उपलब्ध महानगरले गराएको मेयर पराजुलीले बताए ।

उनले बसलाई सेनीटाईज गर्ने, यात्रुलाई मास्क दिने तथा यात्रुको ज्वरो जाँच गरेर मात्रै पठाइएको मेयर बताए । आगामी दिनमा पनि सम्पर्कमा आएका समस्यामा परेका व्यक्तिलाई उद्धार गर्ने प्रमुख पराजुलीको भनाई छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *