मंगलबार सचिवालय बैठक राख्न ओली र नेपाल समूहका नेताहरुको आग्रह

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल समूहका नेताहरुले मंगलबार सचिवालय बैठक बोलाउन आग्रह गर्ने निर्णय गरेको छन्। सोमबार कोटेश्वरमा रहेको नेपाल वन पैदावार उद्योग व्यवसायी महासंघको कार्यालयमा भएको दुई समूहबीचका नेताहरुको छलफलले सो निर्णय गरेको हो।

‘भोलि सचिवालय बोलाउने कुरा भएको छ। त्यसले स्थायी समिति बैठकको मिति तोक्ने सहमति भएको छ,’ बैठकपछि  नेपाल पक्षका स्थायी समिति सदस्य रघुजी पन्तले भने। छलफलमा ओलीका तर्फबाट ईश्वर पोखरेल, विष्णु पौडेल, शंकर पोख्रेल, प्रदीप ज्ञवाली थिए भने नेपाल पक्षबाट भीम रावल, सुरेन्द्र पाण्डे र रघुजी पन्त सहभागी थिए।

सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा नेता नेपाल र प्रधानमन्त्री ओलीबीच छलफल भएको थियो। यता अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता झलनाथ खनालबीच पनि भेटवार्ता भएको छ। उनीहरुबीच पनि पार्टीको बैठक बोलाउन दबाब दिने सहमति भएको बताइएको छ। पछिल्लो समय पार्टीभित्र बढ्दै गएको विवाद समाधानका लागि नेकपाका नेताहरुले द्विपक्षीय वार्ता तीव्र पारेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीप्रति नेकपाका नेताहरुले असन्तुष्टि जनाउँदै आएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *