सांसद अपहरणको विषयमा अनुसन्धान गर्न विपक्षी तीन दलको माग

काठमाडौं। सांसद अपहरणको विषयमा अनुसन्धान गरी कारबाही प्रक्रिया अघि बढाउन प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहित तीन राजनीतिक दलले माग गरेका छन्। सोमबार दिउँसो कांग्रेस पार्टी कार्यालय सानेपामा बसेको कांग्रेस, जनता समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका शीर्ष नेताहरूको बैठक कारबाहीको माग गरेको हो।

पार्टी फुटाउन अपहरणको शैलीमा जनकपुरबाट समाजवादी पार्टीका सांसद डा सुरेन्द्र यादवलाई काठमाडौं ल्याएको बताइएको छ। आइतबार समाजवादी पार्टीका नेताहरूले महानगरीय प्रहरी परिसर काठमाडौंमा पूर्वआइजिपी सर्वेन्द्र खनाल, नेकपाका सांसदहरू महेश बस्नेत र किसान श्रेष्ठले यादवलाई अपहरण गरेको भन्दै जाहेरी दिन गएका थिए। तर प्रहरीले घटना महोत्तरीमा भएको भन्दै जाहेरी दर्ता गर्न मानेन।

‘सरकारले लोकतान्त्रिक मूल्य र मान्यता तहसनहस गरी अधिनायकवादी उद्देश्य प्राप्तिका लागि सरकारको समेत संलग्नतामा सासद डा. सुरेन्द्र यादव अपहरण काण्डले नेपाली जनता आक्रोशित भएका छन्। यस्ता अपराधिक कार्यको यो बैठक घोर भर्त्सना गर्दछ र अपराधमा संलग्न व्यक्ति हरुलाई तत्काल कानूनी कारबाही अगाडि बढाउन माग पर्छ,’ बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ।

विगतमा पनि चितवनमा दर्ता भइ काठमाडौंमा अनुसन्धान र काठमाडौंमा दर्ता भइ सुनसरीमा गिरफ्तारी भएका नजिरहरु रहेको भएपनि शक्तिको आडमा अहिले मुद्दा दर्ता नगरिएको दाबी बैठकले गरेको छ। तीन दलले लोकतान्त्रिक मूल्य र मान्यताहरुलाई कुल्चिँदै यो सरकार सर्वसत्तावादतर्फ अग्रसर भएका निष्कर्ष निकालेका छन्। स्वेच्छाचारी र सर्वसत्तावादी प्रवृत्तिविरूद्ध सम्पूर्ण लोकतन्त्रवादी शक्ति एकतावद्ध भई संघर्ष गर्ने उनीहरूको प्रतिवद्धता छ।

कांग्रेस प्रवक्ता विश्वप्रकास शर्माले भने, उनले भने, ‘विगतको नजिर मध्यनजर राखेर काठमाडौंमा मुद्दा दर्ता भएर चितवनमा दर्ता भएका अथवा कारबाही भएका या चितवनमा दर्ता भएर काठमाडौंमा गिरफ्तारी भएका अथवा काठमाडौंमा मुद्दा दर्ता भएर सुनसरीमा गिरफ्तारी भएका अन्य घटनाक्रमहरू पनि हामीले हेरेका छौं। मुलुकको २०७४ मा जारी भएको मुलुकी अपराध संहिताले कहीं पनि कुने ठाउँमा पनि दर्ता हुने विषयलाई रोक्दैन रोक्ने भन्ने कुनै प्रावधान पनि छैन त्यस कारणले यो विषयलाई गम्भिरतापूर्वक बैठकले लिएको छ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *