२५ हजार धरौटी बुझाएर रिहा भए पूर्वसचिव उपाध्याय

काठमाडौं । पूर्वसचिव भीम उपाध्याय २५ हजार धरौटी बुझाएर रिहा भएका छन् । जिल्ला अदालत काठमाडौंले आज (सोमबार) धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

सामाजिक सञ्जाल फेसबुकमार्फत् गालीगलौज गरेको आरोपमा पक्राउ परेका पूर्वसचिव भीम उपाध्यायविरुद्ध आइतबार जिल्ला अदालत काठमाडौँमा साइबर अपराध मुद्दा दर्ता भएको थियो ।

उपाध्यायलाई वैशाख १० गते प्रहरीको केन्द्रीय साइबर ब्यूरोले ललितपुरस्थित निवासबाट नियन्त्रणमा लिई हिरासतमा राखेको थियो । पूर्वसचिव उपाध्याय र बहालवाला स्वास्थ्य सचिव यादव कोइरालाबीच फेसबुकमा दोहोरी चलेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 8 =