विराटनगरबाट काठमाडौं छिरेकाहरूलाई फर्काईंदै, सिडिओदेखि काठमाडौं प्रहरी प्रमुख पुगे थानकाेट

काठमाडौं । विराटनगरबाट काठमाडौं आएकाहरुलाई नागढुंगामै अलपत्र परेका छन् । आज (सोमबार) बिहान काठमाडौं फर्किकाहरुलाई जानकारी नगराई आएको भन्दै नागढुंगामा होल्ड गरिएको हो ।
विराटनगरबाट करिब १८७ जनालाई आज काठमाडौं पठाइएको विराटनगर महानगरपालिका सामान्य प्रशासन महाशाखा प्रमुख अर्जुन थपलियाले जानकारी दिए ।
उनका अनुसार काठमाडौंबाट पढ्नका लागि बसेका, अलपत्र परेकालाई काठमाडौं पठाइएको हो। तर अहिले उनीहरूलाई नागढुंगामै होल्ड गरी राखिएको छ।

उनीहरूको विवरण टिपेर फर्काउने तयारी भइरहेको महानगरीय प्रहरी वृत्त थानकोटका डिएसपी घनश्याम श्रेष्ठले बताए।
‘केही बसबाट मानिसहरू ओसारेका रहेछन् । उनीहरूले स्थानीय निकायमा छलफल गरी आएका रहेछन् । हामीले कसैलाई पनि काठमाडौं छिर्न दिएका छैनौं ।उनीहरूलाई फर्काउने तयारी थालेका छौं’, डिएसपी घनश्याम श्रेष्ठले भने ।

उनीहरूले स्थानीय निकायसँग छलफल गरी आएको बुझिएको छ। ती मानिसहरूलाई नागढुंगामै झारेर बस फिर्ता भएको छ ।यसरी मानिस रोकिएपछि अहिले जिल्ला प्रशासन अहिले जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख, प्रहरी प्रमुख, महानगरीय ट्राफिक प्रहरी प्रमुख थानकोट पुगेका छन् ।








