मोरङमा मेयरकी आमाको अन्त्येष्ठीमा हज्जारौं मलामी भेला हुँन लकडाउनले छोएन

मोरङ । जनतालाई लकडाउनमा घरभित्रै बस्न भनेर उर्दी जारी गरेपनि स्थानीय जनप्रतिनिधिलाई भने लकडाउनले नछुने रहेछ भन्ने प्रष्ट भएको छ ।

कुरा मोरङको सुन्दरहरैचा नगरपालिकाका मेयर शिवप्रसाद ढकालको हो । उनलाई आज मातृशोक परेको छ । सोमबार बिहान ३ बजेर २५ मिनेटको समयमा निज निवासमै ढकालकी माता इन्द्रमाया ढकालको निधन भयो ।

 विगत दुइ वर्षदेखि क्यान्सर रोगबाट थलिएकी इन्द्रमायाको घरैमा निधन भएपछि उनको हिन्दु संस्कार अनुसार अन्त्येष्ठी गरिने कार्यक्रममा लकडाउन पूर्ण रुपमा तोडिएको छ ।

आज उनको अन्त्येष्ठी सुनसरी मोरङ स्थित बुढीगंगा खोलामा गर्ने कार्यक्रममा हज्जारौं मलामी सहभागी भएका छन् ।
स्थानीय प्रशासनले समेत मलामी जाँदा सामाजिक दुरी कायम गर्दै सकेसम्म २५ जना मात्र जान आग्रह गरेपनि सुन्दर हरैंचा नगरपालिकाका मेयरका आमाको मलामीमा हज्जारौं सर्वसाधारण भेला भएका छन् ।

मेयर ढकालकी आमाको अन्त्येष्ठीमा स्थानीय जनता मात्र हैन अन्य राजनीतिक दल, समाजसेवी समेतले लकडाउनको पूर्ण अवज्ञा गर्दै सहभागी भएका थिए । मेयर ढकालकी आमाको अत्येष्ठीमा हज्जारौं मलामी लगिएको दृष्यले सर्वसाधारण जनता र शक्तिशाली पदमा रहेका ठूलाबडाहरुलाई राज्यले नै फरकफरक ब्यवहार गर्दो रहेछ भन्ने प्रष्ट भएको एक स्थानीय युवाले बताए ।

‘हामीलाई सामाजिक दुरी कायम गर्नु भनेर घरभित्रै राखियो, हामी सर्वसाधारणका घरमा मृत्यु भएमा पनि थोरै मलामी लैजानु भनियो तर, कुर्सीमा बसेकाहरुलाई कसैले रोकतोक गर्दा रहेनछन् ।’ ती युवाले भने ।

सरकारले लगाएको नियम नै जनप्रतिनिधिले तोडेर कानुनको धज्जी उठाइएको भन्दै चौतर्फी आलोचना भएको छ । हुनत मलामी भन्ने वित्तिकै स्वतःस्फुर्त जाने कार्य हो तथापि, कोरोना महामारीका कारण मुलुक लकडाउनको अवस्थामा रहँदा जनतालाई नै घरबाट ननिस्कनु भनेर उर्दी जारी गर्ने निकायका जिम्मेवार ब्यक्तिले सामाजिक दुरी समेत कायम नराखी हज्जारौं सर्वसाधारणलाई सहभागी गराउनु ठिक नभएको स्थानीय बुद्धिजिवीहरुले भनेका छन् ।

‘दुखःको बेला कसैलाई आउनु कसैलाई नआउनु भन्न सकिन्न तरपनि, केही सुरक्षा अपनाएको भए राम्रो सन्देश दिने थियो । यहाँ त हज्जारौं सर्वसाधारण सामान्य सुरक्षाका उपाय नअपनाइकन सहभागी भए ।’ एक स्थानीयले भने ।

हुन पनि काेराेना भाइरसबाट बच्ने एक मात्र उपाय सामाजिक दुरी हाे । राेगले आफ्नाे पराइ केहि भन्दैन । विश्व नै काेराेना महामारीकाे चपेटामा परिरहेकाे बेला नेपाल पनि त्यसबाट बच्न सकेकाे छैन । मेयर ढकालकी आमाकाे अन्त्येष्ठिमा यदी सामाजिक दुरी कायम गर्न सकिएकाे भए वा सुरक्षाका उपाय अपनाइएकाे भए त्यसले समाजमा उदाहरणीय सन्देश पनि दिन्थ्याे । तर, याे दृष्यले त उनलाइ झनै अलाेकप्रिय पाे बनाइ दियाे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *